नेपाली भूमि मिचेर भारतले लिपुलेकमा बनायो दुई किलोमिटर बाटो

Lipulakeदार्चुला । सामरिक महत्वको नेपाली भूमि लिपुलेकमा भारतले पदमार्ग बनाएको छ । नेपाली भूमि लिपुलेक क्षेत्रमा छिरेर  भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलाश पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पवित्र धार्मिकस्थल कैलाश मानसरोबर नेपाल–भारत–चीनको त्रिदेशीय सिमाना नजिक पर्दछ । उक्त क्षेत्रमा नेपाल, भारत र चीन तिनै देशको भूमि प्रयोग गरेर पुग्न सकिन्छ । तर नेपाली बाटो असुरक्षीत हुँदा नेपाली भक्तजनहरु दार्चुला सदरमुकामबाट भारत हुँदै कैलासमानसरोबरको दर्शन गर्न जाने गरेका छन् ।

दुई वर्षमा बनाइएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाईमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैलाश पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षीय धनसिह धामीले बताउनुभयो । भेडाच्याङ्ग्रा र घोडाखच्चडमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको हो ।

सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्य रुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ । अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो ।

‘भातरको मिचाहा गतिविधिले उसले लिपुलेक सुरक्षाका दृष्टिकोणले मात्रै कब्जा नगरी पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि लिपुलेक क्षेत्र कब्जा गरेको प्रष्ट भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन । राष्ट्रियताको रक्षार्थ बर्षैादेखि पीडामा रहेको लिपुलेकमा राष्ट्रियताका चर्काचर्का नाराहरु लगाउने नेता र राजनीतिक दलको चासो पुग्न सकेको छैन ।

विद्यार्थी नेतादेखि राजनीतिक दलहरुले आफ्नो चुनावी नारा बनाउने तर सिमाको रक्षार्थ पहल गर्न नसक्दा नेपाली भूमि नै अतिक्रमणको चपेटामा पर्ने खतरा बढ्दै गएको छ । यस क्षेत्रका स्थानीयहरु बिनाबर्दीको सैनिकका रुपमा राष्ट्रियताको रक्षार्थ तैनाथ भएका छन् तर उनीहरुले सिमामै बसेका कारण विभिन्न समस्या भोग्नुपरिरहेको छ ।

स्थानीयहरु बर्षौँदेखि आफ्नो देशबाट पुग्ने बाटोसम्म नहुँदा मनभरी पीडा र आक्रोशको भारी बोक्दै भारतीयहरुको हेपाहा प्रबृतिसामू झुकेर आफ्नो गृहक्षेत्र पुग्ने गरेका छन् ।

जनता समाचारबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास