भरतपुरका जनताले दिएको मत यसरी जलाइयो , मत जलाउन लगाएर मत माग्नेलाई देलान त भोट ?(भिडियो सहित)

bharatpur matpra vasmaचितवन । गत वैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा भरतपुर १९ का मतदाताले दिएको मत मंगलबार साँझ भरतपुर स्थित कवर्डहल परिसर भित्र जलाइएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले यही साउन २० गते भरतपुर १९ मा पुनः मतदान गर्न स्वीकृति दिएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिहरुको रोहबरमा मत पत्र जलाएको हो ।

मतपत्र जलाउने बेला पत्रकारहरुलाई तस्विर र भिडियो कैद गर्न प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपानेले रोक लगाएपछि पत्रकारहरुले कडा बिरोध गरेका छन् । न्यौपानेले निरंकुश प्रवृत्ती देखाएको भन्दै पत्रकारहरुले विरोध जनाएका हुन् । उनीहरुले कम्पउण्ड वाहिरवाटै लुकेर भिडियो र फोटो खिचेका थिए । भरतपुर १९ मा कुल २ हजार ८ सय ९७ मत खसेको थियो ।

यसैबीच, भरतपुर महानगरपालिकाको मतगणना स्थल अगाडी समाचार संकलन र तस्वीर खिच्न पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मी लगाएर लखेट्न निर्देशन दिने जिल्लाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यशैली प्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत न्यौपानेले चितवनमा भएको स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु भएदेखि नै मिडिया मैत्री नभएको महासंघका अध्यक्ष राधेश्याम खतिवडाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लोकतन्त्रमा सुरक्षित जनताको सुचना पाउने अधिकारलाई कुण्ठित गर्दै समाचार संकलन र तस्विर खिच्न रोक लगाउनु निरकुंश र अधिनाकयवादी कार्य हो , विज्ञप्तीमा भनिएको छ । लोकतन्त्रमा विश्वास गर्ने सवै जनताको अत्यन्त चासोको विषयका रुपमा रहेको भरतपुर महानगरपालिका वडा नम्वर १९ को निर्वाचन प्रक्रिया पारदर्शी ढंगले अघि बढाई जनताको सुचना पाउने अधिकारलाई सुनिश्चित गरिदिन सरोकारवालाहरुसंग माग गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतगणना चलिरहेका वेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि पुन मतदान हुन लागको कुरा सर्वविदितै छ , विज्ञप्तीमा भनिएको छ । उता, प्रेस चौतारी नेपाल चितवन शाखाले पनि एक विज्ञप्ती जारी गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यशैलीको विरोध गरेको छ । अध्यक्ष तिर्थ नेपालद्धारा जारी विज्ञप्तीमा जनताले सुचना पाउने अधिकारलाई सुनिश्चित गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास