छुटेका मतदाताको नामवली संकलन गर्ने पर्बतका सबै स्थानिय तहमा टोली परिचालन

matadataसुबास लामिछाने, श्राबण १८ /पहिलो चरणको स्थानिय तहको निर्बाचन सम्पन्न भएसंगै जिल्ला निर्बाचन कार्यलयले जिल्लामा मतदाता नामवलीमा नाम छुटेका मतदाताहरुलाई मतदाता नामावली संकलन गर्न अभियान शुरु गरेको छ । दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि अहिले भने कार्यालयले ६ टोली परिचालन गरेको छ । पर्वतका सात स्थानीय तह मध्ये कुश्मा नगरपालिकामा भने टोली परिचालन नगरी कार्यालयका कर्मचारीहरुले नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गर्ने छन् । टोलीमा १ जना सहायक नाम दर्ता अधिकारी, १ जना दर्ता कर्मचारी, १ जना सहायक दर्ता कर्मचारी, १ जना दर्ता स्थल सहयोगी कर्मचारी र २ जना सुरक्षाकर्मी गरी ६ जना रहने कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो । नामावली संकलनका लागि टाढा र सडकको समस्या रहेका गाउँपालिकाहरुमा आईतबार बेलुका नै टोली पुगेको छ भने सहज ठाउँहरुमा सोमबार बिहान टोली पुगेर धमाधम फोटो सहितको मतदाता नामावली संकलन गर्ने काम गरिरहेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार पर्वतमा १ गाउँपालिकामा औषतमा झण्डै ६ सय जना र नगरपालिकामा झण्डै १ हजार जना गरी कुल झण्डै ५ हजार जना मतदाता परिचय पत्र पाउनबाट छुटेका छन । सोमबारबाट शुरु भएको फोटो सहितको मतदाता नामावली संकलनका क्रममा झण्डै ४६ हजार रुपैयाँ खर्च हुने निर्वाचन कार्यालयले जनाएको छ ।
१७ दिन सम्म गाउँपालिका र नगरपालिकामा रहने उक्त ६ टोलीलाई १ दिनमा प्रतिटोली २७ सय रुपैयाँ खर्च हुने छ । यसैगरी, आजबाट नै बाहिरी जिल्लाका नागरिकहरुलाई पनि फोटो सहितको मतदातामा नाम दर्ता गराउन शुरु भएको छ । टोली खटाईएका गाउँ वा नगरपालिकाका नागरिकहरुले यस पटक पनि आप्mनो नाम दर्ता गर्न छुटाएमा अब भने नाम दर्ता गराउनको लागि जिल्ला निर्वाचन कार्यालयमा नै पुग्नु पर्ने छ । कुनै पनि कारणले नाम दर्ता गर्न छुटेकाहरुले निर्वाचनको लागि मिति घोषणा नहुने बेलासम्म कार्यालयमा पुगेर नाम दर्ता गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’