गोलापोला मार्फत जिल्ला समन्वय समिति म्याग्दीको संयोजक एमालेलाई

म्याग्दी जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेबीच बराबरी मत भएपछि गोला तान्दा एमालेका उम्मेदवार देवेन्द्र केसी जिल्ला प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् ।

१२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि कांग्रेस कार्यालयमा आपसी सहमतिमा गोला तानिएको हो । गोला तान्दा प्रमुख पाउने पक्षले ४ सदस्य र अर्को पक्षले उपप्रमुख सहित ५ सदस्य पाउने सहमति भएको थियो ।debendra kc

कांग्रेस र एमालेबीच सहमति अनुसार गोलाप्रथाबाट प्रमुख एमालेले पाएपछि उपप्रमुख कांग्रेसले पाएको छ । उपप्रमुख कांग्रेसका लोकबहादुर मल्ल बनेका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिको ५ सदस्य पनि कांग्रेसले पाएको छ । दुवै दलको सहमति अनुसार नै उम्मेदवार मनोनयन भएपछि अब प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्विरोध भएका छन् ।
DSC_1008

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास