​अपहरणमुक्त बालक भन्छन् – आधा घण्टा बाइक चढेपछि अपहरणकारीको कोठा पुगिन्छ

काठमाडौं/गएको बिहीबार अपहरणमा परेका एक स्कूले बालकको सकुशल उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको संयुक्त टोलीले पाँच दिनपछि सोमबार बिहान बालकको उद्धार गरेको हो ।क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कूलमा युकेजीमा पढ्ने साढे पाँच वर्षका विशाल चौधरी अपहरणमा परेका थिए । अपहरणमुक्त उनलाई प्रहरीले सोमबार बिहानै परिवारको जिम्मा लगाएको छ । परिवारले बालकको स्वास्थ्य परिक्षणका लागि अस्पताल लगेका छन् ।

यसरी भएको थियो अपहरण

अपहरणमा परेका बालक विजय चौधरीका छोरा हुन् । उनी सरस्वती बोर्डिङ स्कूलको यूकेजीमा अध्यनरत छन् । गएको बिहीबार सधैंजसो विशालका बाबु विजय छोरा लिन स्कूल जानुभएको थियो । सिसी टिभी फुटेज अनुसार विजय दिउँसो ३:४२ मा स्कूल पुग्नुभएको थियो ।

बाबु विजयले आफ्नो छोरा फेला पार्नुभएन । सिसी टिभीको फुटेज अनुसार बाबु आउनुभन्दा २ मिनेट अगाडि नै एक व्यक्तिले मोटरसाइकलमा विशाललाई लगेको स्कूलका प्रिन्सिपल सुमन मल्ल बताउनुभयो । ‘उहाँ ३ः४२ मा आउनुभयो, ३ः४० मै विशाललाई मोटरसाइकलमा राखेर लगेको सिसी टिभीमा देखिन्छ’ प्रिन्सिपल मल्लले उज्यालो अनलाइनलाई भन्नुभयो ।

बालक लैजाने व्यक्ति चिनजानकै हुनसक्ने सिसी टिभीमा देखिएको व्यवहारबाट देखिएको प्रहरीको अनुसन्धान छ । ‘नयाँ मान्छेसँग बालक त्यसरी सिधै झ्याम्एिर जाँदैन । परिचित मान्छे नै हुन् । बालकलाई मोटरसाइकलमा राखेर लगेको स्केचसम्म देखिन्छ । नम्बर देखिदैन’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले भन्नुभयो ।

बोर्डिङको सिसी टिभी फुटेज प्रहरीले लगेको थियो । घटना भएको डेढ घण्टामा महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोली पुगेको थियो । घटना अनुसन्धान गर्न कुनै कसर बाँकी नराख्ने वृतका डिएसपी सोमेन्द्रसिंह राठौरले प्रतिवद्धता जनाउनुभएकोे थियो । नभन्दै त्यसको पाँच दिनपछि बालकको सकुशल उद्धार भएको छ ।

कसरी भयो बालकको उद्धार ?

स्कूलको ड्रेसमै बिहीबार मध्यान्ह अपहरित भएका बालकको सोमबार बिहान ४ बजे सकुशल उद्धार भएको छ ।  सोमबार बिहान भक्तपुरको काँडाघारी क्षेत्रबाट बालकको उद्धार गरिएको हो । झिसमेस उज्यालोमा सडकमा एक्लै बालक चिच्याएको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

बिहान ४ बजे फेला परेका बालक विशाल नै भएको पुष्टि भएको हो । बालक भेटिएपछि परिवार प्रहरी सोमबार बिहानै परिवारको जिम्मा लगाएको छ । अपहरण भएको बेला स्कूले डे«समा भएका बालकको शरीरमा एकजोर नयाँ कपडा समेत भएको बालकको बुबा विशालले उज्यालोलाई जानकारी दिनुभयो । ‘छोरो स्कूलको ड्रेसमा अपहरण भएको थियो । अहिले भेटिंदा नयाँ कट्टु र टिसर्ट छ’ बुबा विजयले भन्नुभयो ।

प्रहरीको खोजी कार्य तिव्र र चौतर्फी घेराबन्दीमा परेपछि अपहरणकारीले बालकलाई सडकमा छाडेको हुनसक्ने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताउनुभयो । तर घटना भने अझै रहस्यमै रहेको प्रहरीको भनाई छ ।

के भन्छन् अपहरणमा परेका बालक ?

पाँच दिनपछि अपहरण मुक्त भएका बालक पहिलेकै अवस्थामा रहेको प्रहरी र परिवारले जनाएका छन् । उनको शरीरमा कुनै चोटपटक लागेको छैन । कुनै किसिमको डर पनि नभएको बालकको बुबा विजयले बताउनुभयो । ‘घरमा राखेजस्तै खान मन लागेको कुरा दिन्थे । पाँच दिनसम्म एउटै कोठामा राखे’ बालकको भनाईलाई उद्धृत गर्दै बुबा विजयले भन्नुभयो ‘छोराको भनाइ अनुसार कोठामा अपहरणकारीका एक छोरा र एक छोरी छन् । आधा घण्टा जति बाइकमा चढेपछि अपहरणकारीको कोठा पुगिन्छ ।’

आखिर कसले किन गर्‍यो अपहरण ?

बालक अपहरण भएर अपहरण मुक्त भए पनि कसले किन अपहरण गर्‍यो भन्ने खुल्न सकेको छैन । अपहरणमा संलग्न भएको आशंकामा केही व्यक्ति पक्राउ परेको भनिए पनि प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धान नसकिएको प्रहरीको निष्कर्ष छ ।

तर बालक र बालकका बाबुको भनाइले अपहरणकारी को हुन् भन्ने केही संकेत गरेको छ । अपहरित बालकका बाबु विजयको असनमा भाँडा पसल छ । बुटवलका विजयको रामेछापको खिम्तीका एक व्यक्तिसँग पुरानो चिनजान छ । उनीहरु दुईजना मिल्ने साथी हुन् ।

उनी काठमाडौंमा मार्बलको काम गर्छन् । उनीहरुको कोठामा पनि राम्रै ओहारदोहोर हुने गर्‍थ्यो । उनका एक छोरा र एक छोरी छन् । बालकको बयान अनुसार पनि अपहरण गरेर राखिएको कोठमा अपहरणकारीका एक छोरा र एक छोरी थिए । अपहरित बालक विशालको पनि उनीसँग चिनजान भएकाले सहजै स्कूलबाट उनीसँगै गएको हुनसक्ने सक्ने सिसी टिभी फुटेजमा पनि देखिन्छ ।

फिरौती माग्ने चलाखीका साथ बालकलाई अपहरण गरेको देखिन्छ । अपहरण गरेपछि मोबाइलबाट फोन गरी विजयसँग अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती समेत मागेका थिए । त्यही मोबाइल नम्बरको आधारमा प्रहरीले चारजनालाई पक्राउ गरिसकेको छ ।अपहरणकारीका मुख्य नाइकेले आइतबारदेखि मोबाइल स्वीच अफ गरेर वेपत्ता भएका छन् । अपहरकारीका मुख्य नाइके काठमाडौंको बालाजु औधोगिक क्षेत्र र नारायणस्थानको मार्बल हाउसमा काम गर्थे । अहिले उनी काममा पनि जान छाडेको एक उच्च स्रोतले उज्यालो अनलाइनलाई बतायो ।

प्रहरी भन्छ – अपहरणकारी उम्कने ठाउँ छैन

अहिलेसम्म प्रहरीले बालक अपहरणको आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । पक्राउ परेका चार जना अपहरणकारी मुख्य नाइके भनाउँदा मार्बलको काम गर्नेका आफन्त हुन् ।

उनीहरुमाथिको अनुसन्धान जारी रहेको भन्दै एसएसपी छविलाल जोशी केही बताउनु चाहनुभएन । उहाँले अपहरणकारी खोजी भइरहेको र उम्कने ठाउँ नभएको भन्दै छिट्टै पक्राउ पर्ने दाबी गर्नुभयो । उज्यालोबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’