भरतपुरमा फेरि चुनाव गराउन सर्वोच्चको आदेश

काठमाडौं /तपत्र च्यातिएको दुई महिनापछि सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउन आदेश दिएको छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय सदर गर्दै भरतपुरको १९ नम्वर वडामा पुनः मतदान गराउन भनेको हो ।

मतगणना सुचार गर्न माग गर्दै एमाले वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले मतदानका लागि ढोका खुला गरेको हो ।

मतगणना अन्तिम चरणमा पुगेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले ९० मत च्यातेपछि भरतपुरको मतगणना रोकिएको थियो ।

मतगणनामा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणुु दाहाल एमालेका उम्मेदवार देवी ज्ञवाली भन्दा करिव ७ सय भोटले पछाडि छिन् ।

वैशाख ३१ मा सम्पन्न पहिलो चरणको चुनाव अन्तर्गतको भरतपुर महानगरपालिकामा वढा नम्बर १९ र २० नम्बर वडाको मतगणाना बाँकी थियो ।

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री र एमाले स्थानीय नेता देवी ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । जसका कारण पहिलो चरणको चुनावमा भरतपुर निकै चर्चामा रहेको थियो । जहाँ माअोवादी केन्द्रकी उम्मेदवार रेणुलार्इ नेपाली कांग्रेसले सहयोग गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास