पाँचौं पर्वत महोत्सवबाट ५९ लाख भन्दा बढी बचत

parbat-mahotsav-logoपर्वत/पर्वत उद्योग बाणिज्य संघले गएको माघमा आयोजना गरेको पाँचौ पर्वत महोत्सवमा ५९ लाख ४७ हजार ९ सय ३७ रुपैंया बचत गरेको छ ।
संघले २०७३ माघ १३ देखि २२ सम्म आयोजना गरेको उक्त महोत्सवबाट १ करोड, १७ लाख १२ हजार ५ सय ८ रुपैंया आम्दानी भएको जनाएको छ । आम्दानी भएको मध्ये ८९ लाख ८३ हजार ५ सय ३३ रुपैंया उठिसकेको र २७ लाख २८ हजार ९ सय ७५ रुपैंया उठ्न बाँकी रहेको जनाएको छ ।
त्यस्तै महोत्सव शुरु हुनु अघिदेखि सो अवधिभरमा ५७ लाख ६४ हजार, ५ सय ७१ रुपैंया खर्च भएको जनाएको छ । संघले स्टल निर्माण, मंच व्यवस्थापन, अतिथि सम्मान, कलाकार, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, होटल, टिकट, बजार साजसज्जा, विद्युत, जेनेरेटर, स्टेशनरी, बाजागाजा–वाद्यवादन, फूलमाला, साउण्टसिष्टम, सुरक्षा, विभिन्न विद्याका पुरस्कार लगायतकामा सो खर्च भएको जनाएको हो । संघले यस अघि आयोजना गरेका महोत्सवमा भन्दा यस पटक धेरै रकम बचत गर्न सफल भएको अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो ।
हामीले यस अघि पनि ४ वटा महोत्सव आयोजना गरेका थियौं शर्माले भन्नेभयो तर ती सबै महोत्सवमा भन्दा यस पटक धेरै रकम बचत गर्न सफल भयौं । उहाले आफ्नो मात्र एकल प्रयासले नभएर सबै व्यवसायी, कार्यसमितिका साथीहरुको सहयोगले महोत्सब सम्भव भएको उहाको भनाई छ । उहाले बचेको रकमबाट सबैलाइृ समझना हुने काम गरेर देखाउने समेत बताउनुभयो ।
महोत्सव पर्यटकीय क्षेत्रको प्रवद्र्वन, ऐतिहासिक स्थलहरुको प्रचार प्रसार, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्धन, लोक संस्कृतिको संरक्षण, स्थानीय उत्पादन उद्योग, व्यापार र व्यवसायको विस्तार गर्दै प्रदेश नं ४ को मुख्य पर्यटकीय नगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने उद्देश्यका साथ संचालन गरिएको थियो । महोत्सवको तत्कालीन प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास