भरतपुर मुद्दाको सुनुवाइ सकियो, के अाउला आदेश ?


काठमाडौं/ चितवनको भरतपुर महानगरपालिकामा फेरि निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाई सकिएको छ । अब आदेश आउन मात्रै बाँकी छ ।

मतपत्र च्यातिएपछि निर्वाचन अयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।

आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेका वडा सदस्य गुञ्जमान विक सर्वोच्च अदालत गएका थिए । सोहि विषयमा फेरि निर्वाचन गराउने कि मतगणना नै कायम राख्ने भन्ने बहस भइरहेको छ ।

एमालेले फेरि निर्वाचन गर्न नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहाल र एमालेका देवी ज्ञवाली मेयर पदमा प्रतिस्पर्धामा छन् ।
उक्त मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि