नेपालकै अग्लो पुलबाट हामफाली एक जोडिले गरे आत्महत्या

IMG_3997पर्बत/ नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन । पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन । पुलबाट रातको समयमा हाम फालेका जोडिको आईतबार प्रहरीले मोदिखोलाबाट शब निकालेको छ । ललितपुर उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २५ कि मुना राना र जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष २६ का अमित गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
राती करिब १० बजेको समयमा पुलमा बेवारिसे झोला भेटिएको र झोलामा फेला परेका कागजातका आधारमा उनीहरुको पहिचान खुले पनि घटनाको रहस्य पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । झोलामा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत रहेको प्रहरीले जनाएको छ । दुबैका घरपरिवारमा खबर गरिएकोले आफन्त नआएसम्म दुबैजनाको शव जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुबैजनाको शव पुलदेखि करिब १४० मिटर तल मोदीखोला किनारमा आइतबार बिहान ११ बजेतिर फेला परेको हो । जोडिले के कारणले आत्महत्या गरे भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’