भारतको चेन्नाई पुगेका पर्वतको पिपलटारीका शंकर एक सातादेखि बेपत्ता

पर्वत । पर्वत जिल्लाको कुृश्मा नगरपालिका १० पिपलटारीका शंकर तिवारी विगत एक सातादेखि वेपत्ता भएका छन् ।

भारतको चेन्नैमा कार्यरत तिवारी सोहि ठाउँबाट एक सातादेखि वेपत्ता भएका हुन् । उनि विगत ८ दिनदेखि वेपत्ता भएको स्थानिय सन्तोष तिवारीले जानकारी दिनुभएको छ । भारतमा रहेका आफन्तजन र चेन्नै आसपासमा खोजी कार्य गरिएको भएपनि अझैसम्म सम्पर्कमा आउन नसकेको परिवारले जनाएको छ ।

उनि वेपत्ता भएपछि उनको घरपरिवार चिन्तित बनेको छ । उनको खोजी कार्य गर्नका लागि पहल गरिदिन परिवारले सरकार र भारतीय दुतावाससँग समेत माग गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम