नेपालकै अग्लो पुलबाट हाम फालेर जोडीले गरे हात्महत्या

kushma-gyadi bridgeपर्वत/नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन ।
पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन ।
पुलबाट रातको समयमा हाम फालेका अन्दाजी ३५–४० बर्षको पुरुष र ३० बर्षकी महिला जोडीको मोदीखोला किनारमा शब भेटिएको छ । राती करिब १० बजेको पुलमा बेवारिसे झोला भेटिएपछि आत्महत्या गरेको आशंकामा रातको समयमा खोजी गर्दा शब फेला परेको थिएन । बिहान शब देखिएपछि नदी किनारबाट शब प्रहरीले निकालेको छ । झोलामा पहिचानका अन्य सामाग्री नभेटिएका कारण आत्महत्या गर्ने जोडीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए । झोला टे«किङ्गमा प्रयोग हुने खालको देखिएकोले जोडी अग्ला पुल घुम्न आएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम