कृषि बिकास बैंकका कर्मचारी २३ दिन पछि मृत फेला

dipendra-gaudelपर्वत/बिगत २३ दिन अघि देखि हराईरहेको फलेबास नगरपालिका ४ मुडिकुबाका दिपेन्द्र शर्मा गौडेल अन्तत मृत अबस्थामा भेटिएका छन् ।
कृषि बिकास बैक कुश्मा शाखामा कार्यरत गौडेलको शब स्याङजाको मिर्मी स्थित कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधस्थलमा शुक्रबार फेला परेको हो । स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गौडेलका आफन्तले तत्काल शबको पहिचान भएपनि मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । गौडेलको शब प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्गमा पोष्टर्माटमका लागि राखिएको छ । शब लिनका लागि आफन्तहरु पुगिसेकोे इलाका प्रहरी कार्यालय वालिङ्गले जानकारी दिएको छ ।
गएको असार २१ गते साझ कार्यलयबाट घर फर्केपछि खाना खाएर सुतेका गौडेल २२ गते बिहान ४ बजेदेखि सम्पर्क बिहिन रहेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’