देउवा र ओलीको कसरी मिल्यो बोली ? प्रदेश र केन्द्रको चुनाव एकैपटक होला ?

deuba-oliकाठमाडौं । तिब्बतको एक साता लामो नीजि भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका एमाले अध्यक्ष केपी ओलीले प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचन एकै चोटी गर्नका लागि आग्रह गरे। यसलाई एउटा संयोग नै मान्नुपर्छ वा सल्लाह । निर्वाचनका बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेताको बिचार यस बिषयमा मिलेको देखियो।

केही दिन देखि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचन एकै चोटी गर्ने धारण राख्दै आएका छन् । देशमा सत्ता पक्ष र प्रतिपक्षको एउटै धारणा हुदा पनि यस बिषयम किन सहमति हुन सकेको छैनरु यो सहमति नगराउन कुन तत्वले काम गरेको छ यसका पछाडि आदि प्रश्नहरु उठने गरेका छन ।

ओलीले अर्को चाख लाग्दो र सजिलो बिषय बोलेका छन् प्रत्यक्षमा उम्मेदवारले पाउने मत नै समानुपतिक गणाना गर्ने । उनको यो धारणा पनि ब्याबहारिक नै देखिन्छ। प्रदेश र केन्दीय संसदको चुनाव एकै चोटी गर्ने हो भने ओलीको भनाई अनुसार सिधै दुईवटा मत पत्र प्रयोग गरे पुग्छ।

ती दुई मत पत्रमा पहिला प्रदेश सभाको मत खसाले पछि दोस्रोमा केन्दीय संसदको मतदान गर्दा सजिलो हुन्छ। तर अहिलेको ब्यबस्था अनुसार मतदान गर्ने हो भने चार वटा मत पत्र प्रयोग गर्नुपर्छ। केन्द्र र प्रदेशमा नै समानुपातिकको ब्यबस्था गर्दा यो झन्झट आउन लागेको हो।

स्थानीय निर्वाचनको मतको परिणाम हेर्ने हो भने देशभरी नै मतदाता निकै चलाख भएका छन् । त्यति ठुलो मत पत्रमा पनि अधिकांस ठाँंउमा सातवटै चिन्हमा क्रस गरेर मतदान गरेको पाईयो। त्यसकारण यो प्रयोेगले पनि भन्छ अवका मतदाता चारवटा मत पत्र राम्ररी प्रयोग गर्न सक्छन् । यसकारण पनि एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्न सकिन्छ।

एकैचरणमा गरिने यो निर्वाृचनले सुरक्षा वा अन्य प्रशासनिक खर्च कम हुन्छ। एउटा बुथमा उतिकै संख्यामा खटिएका सुरक्षाकर्मीले दुबै निकायको निर्वाचनको सुरक्षा प्रदान गर्न सक्ने छन। प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष नेताको एकैचरणमा चुनाव गर्ने कुरा भित्रि मन देखी आएको हो भने यसको कायन्वनमा कुनै शंका छैन। तर देशका यत्रो ठुला पार्टीका नेताहरुले गरेका कुरा ब्यबहारमा कार्यन्वयन नभए केवल मिठा कुरा मात्र भनेर टिप्पणी गर्न सकिन्छ, । नेपालपाटीबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास