राजधानीको विद्यालयबाट यसरी गायव भए बालक, २४ घण्टा बित्दा पनि अत्तोपत्तो छैन

child-kidnap-chetrapati-4_qa3C6QLj62काठमाडौँ, १३ साउन — बिहीबार दिउँसो राजधानीको विद्यालयबाटै एक बालक गायब भएका छन् । बालक हराएका २४ घण्टा बित्दासमेत फेला पर्न सकेका छैनन । bbalak
क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कूलबाट बिहीबार विद्यालय समयपछि निस्किएका पाँच वर्षीय विशाल चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।

उनका बुबा विजय चौधरी छुट्टी भएको केही मिनेटमै छोरालाई लिन विद्यालय आए पनि छोरालाई भेटेका थिएनन् ।
छुट्टी हुनेबित्तिकै विद्यालयबाट बालक खुशीसाथ एक युवकले चलाएको स्कुटरमा बसेर गएको बताइए पनि त्यसबारे खुल्न सकेको छैन ।

महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
अहिलेसम्म कसैले फिरौतीका लागि फोन नगरेकाले बालक अपहरणमा परेको भन्न नसकिने उनको भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले बालकका बुबाको पसलमा काम गर्ने एक युवकलाई पक्राउ गरे पनि ती युवकको संलग्नता अझै खुल्न नसकेको राठौरले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’