श्रीमान-श्रीमतिमा फेसबुकले निम्त्याउँछ यस्तो समस्या

काठमाडौं । सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।

कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ ।

धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गनेृ वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केहि अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए । काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन् ।

प्रहरीमो महिला सेलमा आजकल अधिकांश महिलामाथि श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको यजुरी पर्ने गरेको छ ।

केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि छन् ।

कालिमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन् ‘दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ ।’

यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहेपनि सम्पत्ति लिएर महिला गएपछि मात्र पुरुषहरु प्रहरीअगाडि आउने गर्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’