पर्वतको जिल्ला समन्वय समितिमा उमेदवारी दर्ता , संयोजकमा बिश्वकर्मा र पुरी भिड्ने(फोटो फिचर र उमेदवारको सुची सहित)

IMG_0509(2)
पर्वत
 /साउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।
नेकपा(एमाले) र नेपाली कांग्रेसले संयोजक, सहसंयोजक सहित सबै सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन । IMG_0518(2)
उम्मेदवारमा एमालेले जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश कमिटीका सदस्य तथा दलित नेता मनोहर बिश्वकर्मा पौडेल र सह संयोजकमा पार्टीकी जिल्ला सदस्य तथा पैञ्यु गाउँपालिकाकी सदस्य यामकुमारी रानाले उम्मेदवारी दिएका छन । 20430138_1549112025149751_1678468494190983197_n
यसैगरी सदस्यहरुमा कुश्मा नगरपालिका ६ का ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले उम्मेदवारी दिएका हुन । एमालेबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्नका लागि संयोजक सह संयोजक सहित ९ जना उम्मेदवार मध्ये संयोजक सहित ४ जना दलित समुदायका उम्मेदवारहरु रहेका छन् ।

congress नेपाली कांग्रेसबाट संयोजकमा कुश्मा नगरपालिका ७ का परशुराम पुरी, सह संयोजकमा कुश्मा नगरपालिका ५ की लालकुमारी सिकेले उमेदवारी दिएका छन ।
यसैगरी सदस्य पदमा कालीभक्त शर्मा ( खुर्कोट), हरिबहादुर कार्की(माझफाँट) हरिमाया गुरुङ्ग(धाइरिङ्ग), लक्ष्मी आचार्य(बाच्छा),निर्मलाकुमारी शर्मा(शंकरपोखरी), मायाकुमारी शर्मा(धाइरिङ्ग) र खैसरा दर्जी(बर्राचौर) ले उमेदवारी दर्ता गरेका छन । पार्टीले सबै पदमा उमेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसले केही नेता कार्यकर्ता सहित उपस्थित भएर दर्ता गराएको थियो भने एमालेले जिल्ला स्तरीय नेता, कार्यकर्ता, विभिन्न तहका निर्वाचित पदाधिकारी सहित ¥याली नै गरेर उम्मेदवारी दर्ता गराएको हो । जिल्ला समन्वय समितिमा नेकपा(एमाले)को एकल बहुमत छ । एमालेका उमेदवारहरु नै निर्वाचित हुने संभावना भएका कारण नेपाली कांग्रेसले लोप्रोफाइलका नेतालाई समन्वय समितिको प्रमुखमा उमेदवार बनाएको कांग्रेसका एक जिल्ला नेताले बताए ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले मात्र मत हाल्न पाउने ब्यबस्था छ । पर्वतका २ नगरपालिका प्रमुख र उपप्रमुख तथा ५ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १४ जनाले मतदान गर्नेछन् । जसमध्ये एमालेको पक्षमा आठ मत छन् भने नेपाली कांग्रेसका ६ मत छन् । यसरी हेर्दा एमालेको पक्षमा स्पष्ट बहुमत देखिएको छ । पर्वतमा जिल्ला समन्वय निर्वाचन साउन १७ मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य दलहरुले भने समर्थन जुटाउन असमर्थ रहेका कारण उम्मेदवारी दर्ता गराएका छैनन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि