पर्वत जिल्ला समन्वय समितिका नेपाली कांंग्रेस पर्वतका यी हुन उमेदवार(सुचीसहित)

congress_pzdqkzhtjl_gXrK22SgVpपर्वत /नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा परशुराम पुरी र उप्रमुखमा लालकुमारी कार्की(सिके)लाई उमेदवार बनाएको छ।
नेपाली कांग्रेसका तर्फबाट पुर्व कर्मचारी नेता पुरी र महिला संघकी पुर्ब जिल्ला अध्यक्ष सिकेले उमेदवारी दर्ता गराएका हुन । पुरी र सिके दुबै कुस्माबजारका बासिन्दा हुन ।
यसैगरी सदस्य पदमा कालीभक्त शर्मा ( खुर्कोट), हरिबहादुर कार्की(माझफाँट) हरिमाया गुरुङ्ग(धाइरिङ्ग), लक्ष्मी आचार्य(बाच्छा),निर्मलाकुमारी शर्मा(शंकरपोखरी), मायाकुमारी शर्मा(धाइरिङ्ग) र खैसरा दर्जी(बर्राचौर) ले उमेदवारी दर्ता गरेका छन । पार्टीले सबै पदमा उमेदवारी दिने निर्णय गरे अनुसार उमेदवारी दर्ता भैसकेको जिल्ला सभापाति खिमप्रसाद भुसालले जानकारी दिए ।
जिल्ला समन्वय समितिमा नेकपा(एमाले)को एकल बहुमत छ । एमालेका उमेदवारहरु नै निर्वाचित हुने संभावना भएका कारण नेपाली कांग्रेसले लोप्रोफाइलका नेतालाई समन्वय समितिको प्रमुखमा उमेदवार बनाएको कांग्रेसका एक जिल्ला नेताले बताए । समन्वय समितिमा एमालेको ८ मत र नेपाली कांग्रेसको ६ मत मात्रै रहेको छ । निर्वाचन भने साउन १७ गते हुने कार्यक्रम छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास