पर्बतमा छुटेका मतदाता धमाधम नामावली दर्ता गर्दै, बुधबार सम्म ११ सय ६८ जनाले दर्ता गराए

sixkya
सुबास लामिछाने, श्रावण १२ / विविध कारणले मतदाता नामावलीमा दर्ता गराउन छुटेकाहरुले आफ्नो मतदाता नामावली धमाधम दर्ता गराउन थालेका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्न थालेपछि कार्यालयमै पुगेर दर्ता गराउनेहरुको संख्या बढको हो ।
कार्यालयले साउन १ गते देखि संकलन सुरु गरेकोमा बिहिबार सम्म ११ सय ६८ जना मतदाताले नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले पर्बतले जनाएको छ । नामा दर्ता गर्ने मध्येमा पुरुष ६ सय ४७ र महिला ५ सय २१ जना रहेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार नामावाली दर्ता दैनिकी रुपमा बढ्दै गएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म पर्बतमा ९९ हजार २ सय ४३ मतदाता रहेका थिए । अहिले बसाईसराई, विवाह, बैदेशिक रोजगारी लगायतका कारणले छुटेका युवायुवतीहरु धमाधम नामावली दर्तामा सहभागी भएका छन् ।
कार्यालयले जिल्ला निर्वाचन कार्यालको साथै गाउँपालिकाको केन्द्रमा समेत साउन १६ गते देखि साउन मसान्तसम्म छुटेका मतदाताहरुको गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन गर्ने ब्यवस्था मिलाएको जिल्ला निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । नागरिकको भोट हाल्ने अधिकार प्रदेश निर्वाचनमा सुनिश्चित गर्न प्रदेश निर्वाचनको मिति घोषणा नभएसम्म नामावली संकलनलाई निरन्तरता दिईने उहाको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि