मोदि गाउँपालिका वडा नम्बर ६ तिलाहारारमा बाल भेला सम्पन्न

पर्बत /मोदि गाउँपालिका वडा नम्बर ६ तिलाहारमा ३ दिने बाल भेला सम्पन्न गरिएको छ । बालमैत्रि स्थानिय शासनको सहितको वडा बनाउने कार्ययोजनाका साथ उक्त बाल भेला सम्पन्न भएको हो । भेलामा २०७५ चैत्र मसान्त सम्म सो वडालाई स्थानिय शासन सहितको बालमैत्रि वडा बनाउने कार्य योजना रहेको सोहि वडाका वडा अध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । ३ दिन सम्म चलेको उक्त भेलामा बडा नम्बर ६ का नबनिर्बाचित पदाधिकारीहरु, ११ बिद्यालयका प्रअ र इसिजी क्लासका शिक्षिका र स्थानिय बाल क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । तालिमको सहजीकरण सामाजिक बिकास अधिकृत लिलाधर सुबदीले गर्नुभएको थियो । भेलामा वडालाई कसरी बालमैत्रि बनाउने र बालमैत्रि बनाउन गरिने प्रयासहरुको बारेमा छलफल गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’