यसकारण काटियो ३–३ पटक चुनाव जितेका जोशीको नाम मन्त्रीको सूचीबाट

arjun joshiप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो महाधिवेशनमा आफ्नो ‘क्याम्प’मा आएका पर्वतका सांसद अर्जुन जोशीलाई अन्तिम समयसम्म पनि मन्त्री बनाउने पक्षमा थिए। तर स्थिति यति पेचिलो बन्यो कि, उनले जोशीको नाम काटेर महेन्द्र यादवलाई मन्त्री बनाउनु पर्यो।

‘जोशीका नाउँमा देउवा समूहभित्रै तिब्र विवाद उत्पन्न भयो, यतिसम्म कि धवलागिरीका देउवा समूहकै नेताहरु उनलाई मन्त्री नबनाउने पक्षमा देखिए’ देउवा निकट स्रोतले नेपालखबरलाई भन्यो, ‘पछिल्ला दिनमा देउवा समूहमा आएका अरु केही व्यक्तिहरुले पनि भाग खोज्न थाले, यसले सभापतिलाई दवाव सृजना भयो।’

यसअघि कोइराला खेमामा रहेका गोरखाका चिनकाजी श्रेष्ठ जो पछिल्ला दिनमा देउवा समूहमा पुगेका छन्, ले पनि अर्जुनलाई मन्त्री दिने भए मलाई पनि मन्त्री दिनु पर्छ भन्दै पटक पटक दवाव दिएपछि देउवा विस्तारै दुबै नामहरुप्रति अनुदार बन्दै गएको स्रोतको भनाइ छ।

अर्को कुरा, देउवाले पछिल्लो प्रहरमा आफ्नो समूहबाट मन्त्री बनाउँदा क्षेत्रीय, लैङ्गीक र जातिय हिसावले पनि समावेशी मापदण्ड बनाएर अरु आकांक्षीहरुलाई पन्छाउने बाटो बनाएको देखियो। गोरखाका श्रेष्ठ र पर्वतका जोशीलाई यही मापदण्डका आधारमा मन्त्रीको सूचीमा राख्न नसकिएको प्रधामन्त्री देउवा निकट एक नेता बताउँछन्।

‘यही मापदण्डका आधारमा यादवको नाम थपियो र जोशी बाहिर परे’ ती नेता भन्छन्, ‘तर तीन-तीन पटक प्रत्यक्षमा चुनाव जितेका जोशीलाई अबका दिनमा मन्त्रिमण्डल विस्तार गर्दा जसरी पनि मन्त्री बनाउने बाचा देउवाको छ।’

जोशीको नाम हटाएर ल्याइएका महेन्द्र यादव धनुषाका समानुपातिक सांसद हुन् जो नेता विमलेन्द्र निधीसँग नजिक छन्। यादवलाई मन्त्री बनाउनै पर्ने भन्दै उनको लविङमा स्वयं निधी भएपछि त्यसको असर तय गरिएका नाममा परेको भनाई पनि कांग्रेस वृत्तमा सुनिन थालेको छ।नेपालखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि