एमालेले जिल्ला समन्वय समिति पर्वतका उमेदवार टुंगो लगायो, अध्यक्षमा मनोहर , उपाध्यक्षमा राना

10888652_747857038624188_4922394614704398986_n
पर्वत /नेकपा(एमाले) पर्वतले जिल्ला समन्वय समितिका उमेदवार टुंगो लगाएको छ । एमाले पर्वतको बुधबार दिउँसो बसेको जिल्ला सचिबालय बैठकले सर्वसम्मत रुपमा समन्वय समितिका उमेदवारको टुंगो लगाएको हो ।
एमालेले जिल्ला समन्वय समितिको अध्यक्षमा प्रदेश कमिटीका सदस्य तथा दलित नेता मनोहर बिश्वकर्मा पौडेललाई उमेदवार बनाउने भएको छ । उपाध्यक्षमा जिल्ला सदस्य यामकुमारी राना(हुवास) लाई उमेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी(कुस्मा) बिष्णुराम बिक(होस्राङ्गदी), कबिता बिक(ठानामौला) नन्दलाल सुबेदी(तिलहार), ओमप्रसाद रेग्मी(लेकफाँट), बिष्णुमाया पौडेल(रानीपानी) र शर्मिला नेपाली(हुवास)लाई उमेदवार बनाउने निर्णय गरेको छ । ‘जिल्लाले सर्बसम्मत रुपमा उमेदवारको टुंगो लगाएको छ’ जिल्ला अध्यक्ष पदम गिरीले भने ‘अब प्रदेश र केन्द्रले यही नाम टुंगो लगाउँछ’
जिल्ला समन्वय समिति पर्वतको अध्यक्षमा एमाले क्षेत्रिय समितिका अध्यक्ष शान्त पौडेलको नाम पनि चर्चामा थियो ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले मात्र मत हाल्न पाउने ब्यबस्था छ । स्थानिय तहमा एमालेको स्पष्ट बहुमत छ । एमालेका आठ मत छन भने नेपाली कांग्रेसका सात मत छन । नेपाली कांग्रेसले उमेदवार टुंगो लगाएको छैन । पर्वतमा जिल्ला समन्वय समितिको उमेदवारी बिहीबार दर्ता हुँदैछ भने साउन १७ मा मतदान हुनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि