डेढ महिनापछि सरकार विस्तारको तयारी, यस्ता छन मन्त्री बन्ने अनुहार, पर्वतका जोशीको संभाबना अझै अन्यौलमै

Pm-officeकाठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।

मन्त्री चयनमा आफ्नै पार्टीको आन्तरिक समस्या झेल्दै आएका देउवाले दोस्रो चरणको स्थानीय चुनावको व्यस्ततालाई कारण देखाउँदै मन्त्रिपरिषद बिस्तार गरेका थिएनन् ।

कांग्रेसमा भागबण्डाको आधारमा मन्त्री बन्नेहरुको सूची टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । सरकारमा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट पनि मन्त्रीहरु समावेश हुँदैछन् । राप्रपासँग भने अझैसम्म कुरो मिलेको छैन ।

प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीका अनुसार आज दिउँसोसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ । मंगलबार नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसको भोलिपल्टै कांंग्रेसबाट ३, माओवादीबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जना गरी जम्मा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो ।

को–को बन्दैछन् मन्त्री रु

कांग्रेसबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी, भीमसेनदास प्रधान, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने चर्चा छ ।

यद्यपि मीन विश्वकर्मा, अर्जुन जोशी र वीरबहादुर बलायरको नाम हेरफेर हुने सम्भावना रहेको स्रोतले बताएको छ । उनी मन्त्री बनि सकेको भनेर समर्थकहरुले मंगलबार देखि नै सामाजिक सञ्जालमा बधाई दिइरहेका छन तर अझै अन्यौल भने कायमै छ । जोशी तीन पटक पर्वत क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन । पर्वत कांग्रेसका कार्यकर्ताहरु जोशी जसरी पनि मन्त्री बन्ने बताईरहेका छन ।

हाल कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुर श्रममन्त्री छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सीता नेपालीको चर्चा छ । सीता नेपालीको सट्टा आशा कोइरालालाई मन्त्री बनाउने चर्चा पनि माओवादीभित्र चलेको छ ।

९ मन्त्रालय पाएको माओवादीबाट हाल उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा छन् भने गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह छन् ।

यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहितलाई सरकारमा पठाउने तयारी गरेको छ । प्रचण्ड नेतृत्वको सरकारमा पनि देव र दहित मन्त्री थिए । देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता पाउने आश्वासन पाएका उनीहरुले अझैसम्म मन्त्री क्वाटर छाडेका छैनन् ।

हाल सरकारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संसदीय मामिला तथा स्थानीय विकास मन्त्री छन् ।

यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास