पर्वतमा २ वर्षभित्र ७१ मेगावाट विद्युत् उत्पादन हुँदै

maddhya-modi-06032017082656-1000x0पर्वत । ऊर्जा खोलाको रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदै छ । जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचओटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी डेढदेखि २ वर्षभित्र सक्नेगरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । पर्वतमा हाल कुल २५ दशमलव ५ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् । जिल्लाका थोरै पानीमा धेरै उत्पादन हुने सम्भाव्यता बोकेका मोदीखोलालगायत नदीनालामा लगानी गर्न व्यवसायी आकर्षित भएका छन् । मनाङ ट्रेड लिङ्क र साउथ एशियन इन्फ्राष्ट्रक्चरले जिल्लाको परादीमा निर्माण गरिरहेको आयोजना सम्पन्न गरेपछि २० मेगावाट विद्युत् उत्पादन हुनेछ । । ३ अर्ब ६० करोड रुपैयाँको अनुमान गरिएको आयोजनाको अहिले ८५ प्रतिशत काम पूरा भइसकेको र चालू आर्थिक वर्षभित्रै उत्पादन दिने लक्ष्य राखिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । आयोजनाको हालसम्म बाँध, टनेल, पावरहाउस र इनटेकलगायतको काम पूरा भइसकेको छ । ४२ सय मिटर सुरुङ मार्ग खनी निर्माण भइरहेको यो आयोजना जिल्लामा हालसम्मकै ठूलो मानिन्छ ।

मोदी खोलामै १५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना निर्माणाधीन छ । जिल्लाको मोदी गाउँपालिकास्थित भुकदेउराली र देउपुरमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरले निर्माण गर्ने तल्लो मोदीखोला २ जलविद्युत् आयोजनाबाट १० दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ ।

हाल मोदीखोला जलविद्युत् आयोजनाले १४ दशमलव ८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ भने तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाले १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ । उता, पातीखोलामा रहेको पातीखोला जलविद्युत् आयोजनाले १ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।खबर आर्थिक अभियान दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए