नेपाली काँग्रेस पर्वतमा तीब्र बिबाद , असहमतिका बिच उपभापतिमा खत्री र सचिवमा श्रेष्ठ मनोनित

flag-of-nepali-congress-1
पर्वत । नेपाली कांग्रेस पर्वतमा पदाधिकारी मनोनयनमा तिब्र बिबाद देखिएको छ । एउटा पक्षको असहमतिका बिच जिल्ला उपसभापतिमा दुर्गाबहादुर खत्री र सचिबमा युक्तप्रसाद श्रेष्ठलाई मनोनित गरेपछि पार्टीमा बिबाद देखिएको हो ।
पार्टी सभापति खिमप्रसाद भुषालको सभापतित्वमा मंगलवार बसेको जिल्ला कार्य समितिको बैठकले नेपाली जिल्ला कार्यसमितिका सदस्य दुर्गावहादुर खत्री र युक्तप्रसाद श्रेष्ठलाई मनोनित गरेको छ । कार्यसमितिमा उपसभापति खत्री रामचन्द्र पौडेल समुह र सचिब श्रेष्ठलाई ब्यबस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीको कोटाबाट मनोनित गरेको बताइएको छ । तर दुबै जना हिजो र भोली पनि अर्जुन जोशीकै पक्षमा लाग्ने भन्दै नवराज गुरुङ्ग निकट कार्यसमितिले भने असन्तुष्टी जनाएका छन । उनीहरुले मनोनयनको प्रस्ताबले निर्वाचनमा प्रभाव पर्ने भन्दै स्थानिय तहको निर्वाचन पछि मात्रै मनोयन गर्न आग्रह गरेको जानकारी दिएका छन । आफ्नो सुझाब बिपरित बैठक स्थगित भएको समयमा बहुमत बसेर निर्णय गरेको आरोप असन्तुष्ट पक्षको छ । असन्तुष्ट पक्षले लेखबहादुर गुरुङ्गलाई उपसभापति पदमा मनोनयन गर्ने योजना बनाएको थियो ।
जिल्ला सभापति खिमप्रसाद भुसालले कार्यसमितिले सबर्वसम्मत रुपमा पदाधिकारी मनोनयन गरेको बताए । उनले निर्णयमा कसैको असहमति नभएको दाबी पनि गरे । ‘अबिधेशन भएको एक बर्ष भएकाले रिक्त पदाधिकारी सर्वसम्मत रुपमा मनोनयन गरेका हौ’ उनले भने ‘कसैले असहमति राखेको मलाई जानकारी छैन’ तर असन्तुष्ट पक्षले भने असमतिका बिचमा बहुमतले पदाधिकारी मनोनित गरेको बताएको छ । जिल्ला सचिब बिश्वप्रकास प्रसाईले जिल्ला कार्यसमितिमा सभापतिले मनोनयनको प्रस्ताब राखेपनि आफुँहरु आज(बिहीबार) बिहान बसेर टुंगो लगाउने गरि बैठकबाट उठेपछि अर्को स्थानमा बसेर मनोनित गरिएको आफुँले पनि अपुष्ट खबर सुनेको बताए । ‘मनोनयनको प्रस्ताब सभापति ज्युले राख्नुभएको हो, तर निर्णय भएको होइन’ उनले भने ‘हामीले उपस्थितिमा गरेको हस्ताक्षरलाई नै निर्णणमा सहमति भन्ने अधिकार छैन’
जिल्ला कार्यसमितिको चालु बैठकले जिल्ला कार्यसम्पादन समिति बनाउने र निर्वाचन परिचालन समिति समेत गठन गर्ने जिल्ला सभापति खिमप्रसाद भुसालले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग