विमानस्थलमै देखियो उपप्रधामन्त्रीको मर्यादाक्रम विवाद

काठमाडौँ, १७ चैत- प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ ।
त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो ।pm-return-back-from-china-1
सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्रीत्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । निधीले थापासँगै नहरने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी ।
‘महराजी तपाई बरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने । थापा भने शान्त हुँदै सभामुखको छेउमा अडिग रहे । महरापछि उभिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहार बलदेवले पनि महरालाई थापाको छेउमा पठाए ।
निधिले पनि हातमा समाउदै बस्न लगाए । यसपछि सभामुखपछि क्रमश: थापा, महरा र निधि लहरै भए । सबैभन्दा ठूलो दलको नेतृत्व गरेर सरकारमा गएका र कार्यबाहक समेत भइसकेको नाताले निधीलाई कार्यबाहक दिनुपर्ने कांग्रेस सभापति शेरबाहादुर देउवाको समेत अडानबाट समेत पछि हटै दाहाल चीन गएका हुन । थापाको घुर्की र सरकार ढल्न सक्ने आशंकाले उनले विवाद सहतमा छोडेका हुन् । विवाद लुकाउन दाहालले त्यसो गरे पनि बुधबार विमानस्थलमा संचारकर्मीमाझ नै यो ‘सतहमा’ आयो ।आजको कान्तिपुरमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए