उम्मेदवार छनोटमा कांग्रेसले बनायो यस्तो नियम

काठमाडौँ/ कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनका लागि ७ वैशाखभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । कांग्रेस बैठकले स्थानीय तहका उम्मेदवारको मनोनयनपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय र जिल्ला सभापतिलाई दिनेसमेत निर्णय गरेको छ । एउटै निर्वाचन क्षेत्रभित्रका गाउँ-नगरमा क्षेत्रीय सभापति र दुई वा दुई भन्दा बढि निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ÷नगरमा जिल्ला सभापतिले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने छन्।
उम्मेदवार छनोटका दुई विधि
१. केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार स्थानीय तहका उम्मेदवारको नाम सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगर तथा ती तहका वडा समन्वय समितिले सिफारिस गर्नेछन् । सिफारिस भएका नाममा सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, त्यो क्षेत्रबाट प्रत्यक्ष जितेका सांसद, नभए प्रत्यक्षतर्फका उम्मेदवार र क्षेत्रीय सभापति, निकटतम् प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम टुंग्याउनुपर्नेछ । तर, क्षेत्रीय समितिबाट सर्वसम्मत निर्णय नभएमा अहिलेसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद, नभए प्रत्यक्षतर्फका सांसदका उम्मेदवार, क्षेत्रीय सभापति र उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा छनोट गर्नेछ ।

२. दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्नेछ । उम्मेदवारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्ने र ती नाममा क्षेत्रीय सभापति, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम् प्रतिद्वन्द्वी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद र नभए प्रत्यक्षका उम्मेदवारसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्नेछ । सर्वसम्मत निर्णय हुन नसके जिल्ला पदाधिकारीसहित जिल्लाका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फ जितेका सांसद, नजितेको भए उम्मेदवार र जिल्ला सभापति, उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्ने मापदण्ड केन्द्रीय समितिले बनाएको छ ।समाचार नयाँ पत्रिकाले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए