मेडिकल जाँच गर्दागर्दै चिकित्सकले यौन दुर्व्यवहार गरेपछि…

sex-harrasment
काठमाण्डौ /मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरी खोरमा पुगेका छन् । ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट ९बिएचएम० अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए । २८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफुहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ । घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो ।

पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थित जटिल बनेपछि ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो । चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुको आफन्त आक्रोसित बनेका थिए ।

पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन् । ‘मेडिकल जाँच गर्ने नाममा चिकित्सकले बदमासी गरेछन् । भट्टको नियत खराब देखिन्छ,’ काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले भने ।

ठूलो समूहसहित परिसर पुगेका पीडित पक्षलाई पीडकले अपराधको प्रकृतिअनुसार सजायँ पाउने प्रतिबद्धता एसएसपी जोशीले दिएका थिए। कलेजकै सम्पर्कका आधारमा विधार्थीहरु उक्त मेडिकल सेन्टरमा पुगेका थिए ।

भट्ट दुई वर्षदेखि उक्त मेडिकल सेन्टरमा कार्यरत थिए । महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए । भट्टले भने चिकित्सा पेशामा महिला(पुरुष नहुने भन्दै चिकित्सकले बिरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए । प्रहरीले मेडिकल सेन्टरका सन्चालकमध्येका एक रेशम खत्रीलाई पनि पक्राउ गरेको छ। प्रहरीले पीडकविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । समाचार अन्नपुर्णपोेष्ट दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना