नेकपा एमाले पर्वतले जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाका संयोजक र सह संयोजक तोक्यो (नामावली सहित)

cpn-uml-630x630पर्वत/ मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले २ नगरपालिका र ५ गाउँपालिकामा रहेका पुराना कमिटिहरुको विगठन गरेर नयाँ कमिटिका लागि संयोजक र सह संयोजक तोकेको छ ।

बैठकले बरिष्ठ सचिबालय सदस्यको संयोजक र दोस्रो बरिष्ठ सदस्यलाई सह संयोजक चयन गरेको छ ।

बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा बिष्णु नेवार चयन गरेको छ । यसैगरी फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको छ ।

त्यस्तै गरि अन्य गाउँपालिकाहरुमा क्रमसः जलजला गाउँपालिकाको संयोजकमा लाल बहादुर अधिकारी र सह संयोजकमा टुंगनाथ पौडेल, मोदीको संयोजकमा दातारमा चापागाई र सह संयोजकमा सेती महत, बिहादी गाउँपालिकामा संयोजकमा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक इश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन भएका छन् । त्यस्तै पैञ्यु गाउँपालिकाको संयोजकमा संयोजकमा रेशमलाल न्यौपाने र सह संयोजकमा चयन भएका छन् । संयोजक चयनमा बरिष्ठता नमिलेको भन्दै फलेबास नगरपालिका र जलजला गाउँपालिकामा भने बिबाद भएको छ । एमाले स्रोतका अन्ुुुसार फलेबास नगरपालिकाका सहसंयोजक पिताम्बर घिमिरेले आफुँ बरिष्ठ भएको भन्दै सहसंयोजक पद अस्विकार गरेका छन । यता जलजला गाउँपालिका सहसंयोजक तुंगनाथ उपाध्यायले पनि तल्ला सदस्य र पछिल्लो पटक सचिबालय सदस्य भएको दाबी गर्दै निर्णय अस्विकार गरेका छन ।

बैठकले संगठन कमिटिमा रहने सदस्यहरुको समेत टुंगो लगाएको छ । सबै स्थानीय तहका सदस्यहरुमा साबिकका गाउँ कमिटिका अध्यक्ष सहितका पदाधिकारी र सोही तह भित्र रहेको क्षेत्रीय कमिटिका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना