संकटमा मानिसको रोजगारी , रोबोटका कारण ३० प्रतिशत रोजगारी गुम्दै


white-robot-sword_concept-artकाठमाण्डौ
 /एक अध्ययन अनुसार रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सका कारण बेलायतमा सन् २०३० सम्ममा ३० प्रतिशत रोजगारीको अवसर गुम्दै छ ।लेखासम्बन्धी काम गर्ने संस्था पीडब्ल्यूसीले गरेको अध्ययनमा केही पेशाको प्रकृतिहरु परिवर्तन हुने आंकलन गरिएको छ ।

अटोमेशनका कारण झन् धेरै सुविधा र रोजगारीको अवसरहरु सिर्जना भए पनि यसले परम्परागत कामको प्रकृति भने विस्थापित गर्ने अध्ययनमा भनिएको छ । प्रविधिका कारण उत्पादनको क्षेत्र र खुद्रा बिक्रीको काम सबैभन्दा धेरै जोखिममा रहेको अध्ययनमा भनिएको छ ।

अध्ययनका अनुसार अटोमेशनका कारण बेलायतमा अहिले चलिआएका कम्तिमा ३०
प्रतिशत रोजगारी जोखिममा छन् । अमेरिकामा यो तथ्यांक ३८, जर्मनीमा ३५ र जापानमा २१ प्रतिशत छ ।

अध्ययन गर्ने संस्थाका प्रमुख अर्थशास्त्री जोन हक्सवर्थले मानिसले गर्ने काम जुन हरेक पटक एकै ढंगबाट गरिन्छ र जस्ता कामहरु सजिलै कम्युटरलाई निर्देशन दिएर गराउन सकिन्छ, त्यस्ता रोजगारीहरु गुम्न सक्ने सम्भावना छ ।

‘मानिस संलग्न हुनुपर्ने काम जस्तै स् स्वस्थ्य क्षेत्रको काम र शिक्षा क्षेत्रको काम भने सुरक्षित हुनेछन्’, उनले भने । कार्यक्षेत्रमा बढ्दो रोबोटको प्रयोगले अहिले पनि कतिपय रोजगारीको लागि चुनौति बनेर उभिएको छ ।

अनुसन्धानमा कम सीप भएका कामदारलाई सरकारले तालिम दिएर दक्ष बनाउनुपर्ने सुझाव दिइएको छ । साथै, रिपोर्टमा रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सकबाट हुने कामले आर्थिक बृद्धिमा सहयोग गर्नेछ ।

बढी जोखिम कुन क्षेत्रमा रु

यातायात
उत्पादन
खुद्रा र होलसेल व्यापार
प्रशासनिक र सहायता सेवा
फाइनान्स र इन्स्योरेन्स
निर्माण
मनोरञ्जन
कृषि । समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना