आगामी चुनाबमा एमालेबाट बागी उठेमा आजीवन टिकट नपाउने, समर्थक, प्रस्तावकलाई पनि कारवाही

cpn-uml-630x630काठमाण्डौ /वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने तयारीलाई सरकार र निर्वाचन आयोगले तिव्रता दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले पनि वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर उम्मेदवार छनोटको मापदण्ड र कार्यविधि बनाएको छ ।

केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले मापदण्ड र कार्यविधि बनाएको थियो । अहिले त्यसैलाई आधार बनाएर एमालेले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीको तर्फबाट छनोट गरिने उम्मेदवारका लागि सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको हो । मापदण्ड र कार्यविधि मिच्चेहरुलाई निकै कडा कारवाही गर्ने नीति समेत एमालेले बनाएको छ ।

यतिसम्म कि पार्टी निर्णयलाई चुनौती दिएर कुनै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा बागी उम्मेदवार खडा गरे त्यस्ता बागी उम्मेदवारलाई कारवाही गर्ने नीति समेत एमालेले पारित गरेको छ । प्रस्तावक र समर्थक बस्नेलाई समेत पार्टीको आन्तरिक निर्वाचन र सार्वजनिक प्रकृतिका निर्वाचनमा भाग लिन नपाउने गरी कारबाही गर्ने नीति एमालेले पारित गरेको जानकारी दिएको छ ।

एमालेले आवश्यकताअनुसार केन्द्रीय कमिटीले तत्काल कारबाही गरी पाँच वर्षसम्म पार्टी सदस्यबाटै निलम्बन गर्ने समेत नीति लिएको एमालेको भनाइ छ । आजीवन पार्टीको आन्तरिक र सार्वजनिक चुनावमा उठ्न नदिनेसम्मको नीति बनाएको पनि एमालेले जानकारी दिएकोछ ।

त्यसैगरी एमालेले मूल नारा र निर्वाचन घोषणापत्रको गृहकार्य समेत अघि बढाएको छ । एमालेले मूल नारा र निर्वाचनको घोषणापत्रको तयारीलाई पनि तीव्रता दिइरहेको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । ‘नयाँ पुनर्संरचनाअनुसार पार्टी कमिटी पुनर्गठन गर्न सर्कुलर पठाइसकिएको छ, स्थायी समितिले निर्वाचन घोषणापत्र पनि गृहकार्य गरिरहेको छ,’ रिजालले भने, ‘केही दिनमै मूल नारा र घोषणापत्र पनि सार्वजनिक गर्छौँ ।’

मेची–महाकाली राष्ट्रिय अभियानमार्फत चुनावी घोषणापत्र र उम्मेदवार छनोटको गृहकार्यबारे समेत सुझाब लिएको एमालेले सातवटै प्रदेश संगठन कमिटीलाई पनि घोषणापत्रका लागि सुझाब पठाउन निर्देशन दिइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए