काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि, होला पदाधिकारी नियुक्ति ?

Nepali_congressकाठमाडौँं/ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि ललितपुरस्थित बीपी कोइराला स्मृति भवनमा बस्ने भएको छ ।
निकै लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठक विशेषगरी स्थानीय निर्वाचनमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय निकायको निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति, प्रचार प्रसार समिति गठन हुने, गाउँपालिका र नगरपालिकाको परिवर्तित संरचना अनुरूप पार्टीको संरचना निर्माण गर्नेलगायतका विषयहरू छलफल हुने पौडेलले बताए । पार्टीको कार्यसम्पादन समितिलाई पनि यसै बैठकले पूर्णता दिने खबर गोरखापत्रमा छ । केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिलाई सम्पूर्ण कार्य गर्ने अधिकार दिने गरिन्छ ।
बैठकले पार्टीको विभाग सङ्ख्याबारे पनि टुङ्गो लगाउने सचिवालयले जनाएको छ । पार्टीको लेखा समिति, निर्वाचन समितिको संयोजक, अनुशासन समितिलाई पनि यस पटकको बैठकले पूर्णता दिने अपेक्षा गरिएको छ तर पार्टी सभापतिले नियुक्त गर्ने उपसभापति महामन्त्री, सहमहामन्त्री तोकिने वा नतोकिने विषय भने बैठकको कार्यसूचीमा नपरेको जनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए