कञ्चनजङ्घामा सिकार गर्न अनुमति दिने तयारी

काठमाडौँ, १२ चैत – स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको खबर गोरखापत्रमा खबर छ । sikarTahr-13032017072224-1000x0
संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् ।
कञ्चनजङ्जा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले नाउरको सङ्ख्या वृद्धि भएकाले सिकार क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेको बताए । यहाँ गत वर्षको गणनामा नाउरको सङ्ख्या दुई हजारभन्दा बढी रेकर्ड गरिएको छ ।
अध्यक्ष लिम्बूले भने , “चोरी सिकार नियन्त्रणमा आएकाले नाउरको सङ्ख्या निकै वृद्धि भइरहेको छ । सिकारका लागि विदेशीलाई खुला गर्न सके प्राप्त राजस्वबाट स्थानीय बासिन्दाको जीविकोपार्जन र संरक्षणका थप कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ । ”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले स्थानीयवासीको माग स्वाभाविक देखिएको बताउँदै त्यसका लागि विभागले आवश्यक प्रक्रिया सुरु गरेको बताए  ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना