पर्वतको जलजला गाउँपालिकाको केन्द्र स्थानान्तरणको बिरोधमा सदरमुकाममा प्रर्दशन

17474182_1021100774689822_793737067_oपर्वत /पर्वतको जलजला गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सुरु भएको आन्दोलन आज पनि जारी रह्यो । केन्द्र ताकिएको ठाउँमा राख्नुपर्ने माग गर्दै मल्लाज, बाँसखर्क र लेखफाँटका बासिन्दाले केन्द्र खारेजी गर्न खोजेको भन्दै स्थानीय दलको बिरोधमा नाराबाजी गर्दै बजारमा प्रदर्शन गरेका हुन् ।

राजपत्रमा जलजलाको केन्द्र साबिक माझफाँट गाविसको कार्यालय कायम गरिएको छ । तर धाइरिङ, नाग्लिवाङ, बनौ, शालिजाका बासिन्दाले अपायक पर्ने भन्दै मिलनचोक क्षेत्रमा कार्यालय स्थापना गर्न दबाब दिँदै आएका थिए।

मिलनचोकमा केन्द्र राख्नुपर्छ भन्ने गाविसहरुको माग बमोजिम हिजो बिहिबार बसेको सर्वपक्षिय बैठकले माझफाँटको मोहनचोकमा केन्द्र राख्ने विषयमा राजनीतिक सहमति गरेका थिए ।

राजनीतिक सहमतिले गरेको कुरा मान्य नहुने भन्दै पुनः आज माझफाँट गाविस कार्यालयमा नै राख्नुपर्छ भन्दै स्थानीय जनताले जिल्ला प्रशासन घेराउ तथा जिल्ला स्थित सबै पार्टीहरुलाई ज्ञापन पत्र बुझाएका थिए ।

माझफाँटमै केन्द्र राख्नुपर्छ भन्ने पक्षले राजपत्रमा उल्लेख भएको केन्द्र यथावत राख्नुपर्ने, राजनीतिक दलले गरेको सहमती मान्य नहुने लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।17453553_1021100711356495_2117369430_o

केन्द्र बिबाद भएपछि कार्यालय स्थापना गर्न तथा कर्मचारी व्यवस्थापनमा समेत समस्या भएको छ । जसले गर्दा सरकारी कामकाज प्रभावित भएको छ भने नयाँ संरचनाअनुसारको स्थानीय तह कार्यान्वयमा समस्या आएको कर्मचारीहरु बताउँछन् । उता स्थानीयहरुले पनि जिल्लाले बेवास्ता गरेकाले दबाब दिन आन्दोलन गरेको स्थानीय युवा नवीन जिसीले बताउनुभयो ।

यता धाइरिङ, नाग्लिवाङ, बनौ, शालिजा बासिन्दाले दलको सहमतिको स्वागत गरेकाछन् भने अब पनि केन्द्र मोहनचोकमा स्थापना नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । दुबै पक्षले गरेको आन्दोलनबाट भिडन्त निम्तिने सम्भावना बढेको भन्दै स्थानीय प्रशासनले भोली शनिबार सर्वपक्षिय बैठक राखेर निकास निकाल्ने तयारी गरेको बुुझिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए