बामदेबले भने -एमालेको सरकार बनेपछि बृद्धभत्ता मासिक पाँच हजार पुग्छ

कांग्रेस र माओबादीलाई एकै पटक पराजित गर्छौ – गौतम

bamdev parbat
पर्वत /नेकपा एमालेका उपाध्यक्ष एब पुर्वउप्रधानमन्त्री बामदेव गौतमले मुलुकमा हुने तीन तहकै निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओबादी) केन्द्रलाई एकैपटक एमालेले पराजित गर्ने दाबी गरेका छन ।
नेकपा(एमाले) पर्वतले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियानको समापन तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले कांग्रेस र माओबादी केन्द्र मिलेर चुनाबमा प्रतिष्पर्धा गर्न आएपछि एकै पटक पराजित गर्ने दाबी गरेका हुन ।
‘कांग्रेस र माओबादी केन्द्र मिलेर पनि एमालेलाई पराजित गर्न सक्दैनन मात्रै प्रतिष्पर्धा मात्रै गर्ने हुन’ उनले भने ‘दुई वटै दल मिलेर चुनाबमा आए पनि सजिलै संग पर्छान सक्छौ, एमालेमा त्यो तागत छ’ उनले दुई वटा प्रतिष्पर्धीलाई एकै पटक पराजित गर्नुमा ने जितको मिठो अनुभूति हुने बताए । ‘सुनारको सय चोट लोहारको एक चोट भने जसरी पराजित गरि देखाईदिन्छौ’ उनले आगामी तीन वटै तहको निर्वाचन पछि एमालेका सरकार स्थानिय , प्रदेश र केन्द्रमा पनि निर्माण भएरै छाड्ने बताए ।
उनले नेकपा(एमाले)को नेतृत्वमा सरकार बनेपछि बृद्धाबृद्धालाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता बितरण गर्ने आश्वासन दिएका छन । आगामी निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षाभत्तालाई ३ सय प्रतिशत बृद्धि गरि मासिक ५ हजार बृद्धभत्ता पु¥याउने गौतमले बताए । बाटोघाटो पुल पुलेसाको काम पुंजीबादीहरुले पनि गर्ने तर सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने काम समाजबादीहरुले मात्रै गर्न सक्ने बताउँदै उपाध्यतक्ष गौतमले भने ‘एमालेले आफ्नो नेतृत्वमा पाँच बर्ष सरकार चलाएपछि मुलुक पुर्ण रुपमा समाजबादमा प्रबेश गराएर छाड्छ’ उनले एमालेले चुम्बकबाट चल्ने रेड पनि कुदाउने योजना बनाएको बताए । uml vela
भेलालाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले एमालेका कार्यकर्ताहरु एकजुट भएर लाग्न निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन तथा एमालेका नेता कार्यकर्ताले चुनाब नहार्ने वातावरण निर्माणका लागि कार्यकर्ताहरुले एकमना एकताका साथ निर्वाचनमा होमिनुको बिकल्प नभएको उनको भनाई थियो । ‘एमालेले २०५४ को स्थानिय निर्वाचनमा जस्तै अभूतपुर्व सफलता हासिल गर्न जरुरी छ’ उनले भने ‘यस्तो जीत निकाल्नका लागि पार्टीमा आन्तरिक एकता सहित निर्वाचनमा होमिनुको बिकल्प छैन’ सत्तामा हुने पार्टीमा प्रबेश गर्नेको लहर हुनुपर्नेमा पछिल्लो समय एमालेमा प्रबेश गर्नेहरुको लहर देखिनुले पनि जनमत एमालेको पक्षमा र एमालेको एजेण्डको पक्षमा भएको स्पष्ट भैसकेको उनले दोहो¥याए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’