अखण्ड पार्टीका केन्द्रिय सदस्य सहित तीन जिल्लाको पार्टी एमालेमा बिलय , पर्वतमा मात्रै तीन सय नेता कायकर्ता एमालेमा प्रबेश

17457481_1424187884308833_3624199616498754524_n
पर्वत / स्थानिय निर्वाचन नजिकिएको बेला अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य सहित तीन जिल्लाको पार्टी एमालेमा बिलय भएको छ । अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष नरबहादुर कार्की सहित पर्वत, बागलुङ्ग र म्याग्दीको सिंगो पार्टी एमालेमा बिलय भएको हो ।
एमाले प्रबेश गर्नेहरुमा म्याग्दीका अध्यक्ष सन्तोष बोगटी, पर्वतका उपाध्यक्ष तथा अघिल्लो ंबिधानसभामा समानुपातिक उमेदवार डिलबहादुर बरुवाल लगयत जिल्ला र गाउँ तहका सबै कमिटी एमालेमा प्रबेश गरेका छन । २०४६ सालमा बिद्यार्थी आन्दोलनको नेतृत्व गरेका लोकप्रिय नेता जीतबहादुर पुन पनि एमालेमा प्रबेश गरेका छन ।
एमालेमा प्रबेश गर्नेहरुमा संबिधानसभामा राप्रपाका तर्फबाट उमेदवार भएका रामबहादुर बिक पनि रहेका छन भने नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तारा थापा पनि एमालेमा प्रबेश गरेकी छन । यसैगरी राप्रपाका नेता तथा धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका पुर्ब अध्यक्ष रामबहादुर गुरुङ्ग पनि एमालेमा प्रबेश गरेका छन । नेपाली कांग्रेस आर्थरका युवा नेता धनबहादुर क्षेत्री सहितका कार्यकर्ताहरु पनि एमालेमा प्रबेश गरेका छन ।17362640_1424188037642151_8212160229131675511_n

नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री बामदेब गौतमले पागर्टी प्रबेश गर्नेहरुलाई टिका लगाएर र एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले खाता ओढाएर स्वागत गरेका थिए ।

नेकपा एमालेमा कांग्रेस, राप्रपा र माओवादी सहित ३ सय भन्दा बढीको संख्याका कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गरेको नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्माले जानकारी गराएका थिए । एमालेमा अखण्ड नेपाल लगायतका दलका नेता तथा कार्यकर्ता प्रबेश गरेपछि जलजला गाउँपालिकामा एमाले सबैभन्दा बलियो शक्ति बनेको छ भने पहिलेको क्षेत्र नं १ मा समेत निर्णायक मत एमालेको पक्षमा प्रबेश गरेको छ । यसले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन पार्टी प्रबेशले महत्वपुर्ण काम गरेको एमाले पर्वतका अध्यक्ष पदम गिरीले बताए ।

17498696_1424187860975502_8791649004408882344_n

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए