म्यादी प्रहरीमा भर्ना आह्वान, कस्ता व्यक्तिले आवेदन दिन सक्छन् ?

myadi-police-750-1काठमाडौं /स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रुपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

भर्ना हुन चाहनेले ११ देखि १७ चैतभित्र फारम भरिसक्नुपर्नेछ । फारम नेपाल प्रहरीको वेबसाइट नेपालपुलिस डट जिओभी डट एनपीमा राखिएको छ । उनीहरल्े मासिक १७ कजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् ।

५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ७५ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सकिनेछ । १९ देखि २२ चैतसम्म छनोट हुने र २२ चैतमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ चैतदेखि ८ वैशाखसम्म तालिम दिएर उनीहरुलार्य निर्वाच्नको सुरक्षामा खटाउने तायारी छ ।

अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रुपमा काम गरेका तथा गार्डका रुपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ ।यो खबर आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग