यी दुई महिला नेतृले गरे पर्वतको नगरपालिका र गाउँपालिकामा प्रमुखको दाबेदारी

congres flagपर्वत: स्थानीय तहको निर्वाचनको चर्चा चलिरहेको बेला जिल्लाको नगरपालिका र गाउँपालिकाहरुमा कसले नेतृत्व गर्ने भन्ने विषयमा समेत चर्चा चल्न थालेको छ । हालसम्म जिल्लाका सबै पालिकाहरुमा पुरुषहरुको चर्चा चलिरहेको भएपनि जिल्लामा महिलाकोतर्फबाट नेतृत्व दिनसक्ने उम्मेदवारको भने चर्चा कम भएको पाईन्छ ।

जिल्लाका दुई नगरपालिका र ७ वटै गाउँपालिकामा महिलाले नेतृत्व गर्न सक्ने भएपनि यस विषयमा कुनै पार्टीमा पनि चर्चा भएको पाईँदैन । आधा जनसंख्या र आधा मतदाताको प्रतिनिधित्व गर्ने महिलाहरुलाई आरक्षित उम्मेदवार गराउनु भन्दा पनि खुला क्षेत्रमा उठाउनुपर्ने महिलाहरुको माग भएपनि कुनै पार्टीले पनि यस विषयमा चर्चा नगर्नु महिलाहरुलाई अवमूल्यन गरिएको महिला नेतृहरुको भनाई छ ।
हामी पनि हरेक क्षेत्रमा नेतृत्व गर्न सक्छौं नेपाली काँग्रेसका महसमिति सदस्य राधा कुँवर क्षेत्री भन्नुहुन्छ तर हाम्रो विषयमा पार्टीले नै चर्चा नगर्दा दुख लाग्ने गरेको छ । त्यसो त महिलाहरु पनि आँफूले नेतृत्व लिने विषयमा खोजि नगरेको पाईन्छ ।

काँग्रेसमा महिला नेतृहरु लामो समयदेखि क्रियाशिल भएपनि मुख्य पदमा दाबी गर्नेको संख्या भने कम रहेको छ । हालसम्म महिलाहरु मध्येबाट २ जना बाहेकले प्रमुख पदमा दाबि गरेका छैनन् । यसरी दाबि गर्नेमा नेपाली काँग्रेसका महासमिति सदस्यद्वय राधा कुँवर क्षेत्री र मिना केसी रहेका छन् । क्षेत्रीले फलेवास नगरपालिकाको नगरप्रमुख र केसीले मोदी गाउँपालिकाको अध्यक्षमा दाबी गरेका हुन् ।mina-radha

क्षेत्रीले लामो समयदेखि काँग्रेसका विभिन्न तहमा रहेर काम गरेको र पछिल्लो समयमा काँग्रेसबाट महसमिति सदस्यमा अत्याधिक मत ल्याएर जितेको भएर उनलाई पपुलर उम्मेदवारको रुपमा लिइन्छ । शिक्षण पेशामा आवद्ध उनले शिक्षण पेशा समेत छाडेर पार्टीको राजनीतिमा लागेको बताउँछिन् । प्रमुख पदमा महिलालाई टिकट दिन र जित्न पनि सजिलो भएकाले अाँफूले जसरी पनि टिकट पाउने उनको दाबी छ ।

त्यसैगरि मिना केसी पनि काँग्रेसमा लामो समयदेखि क्रियाशिल महिला हुन् उनले पार्टी राजनीति र सामाजिक क्षेत्रमा काम गरेर जीवनको आधा उमेर सकेको बताउँछिन् । हाल पार्टीको महासमिति सदस्य रहेकि केसी अविबाहित नेतृ हुन् । हाम्रो निष्ठा र लगनशिलतालाई पार्टीले मुल्याङ्कन गरेर अध्यक्षको उम्मेदवार बनाउनु पर्छ उनको भनाई छ ।

त्यस्तै गरि जलजला गाउँपालिकाको उपाध्यक्षमा सम्भावित उम्मेदवारहरुमा लक्ष्मी मल्ल र सिमा पुन, कुस्मा नगपालिकाको प्रमुखमा महासमिति सदस्य सिता काफ्ले लामिछाने, जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासु, नेपाल महिला संघका मिना कर्माचार्य मध्येबाट उम्मेदवारी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै गरि मोदी गाउँपालिकामा नेपाल महिला संघका अध्यक्ष जोगमाया प्रसाई, लक्ष्मी मेधासी, ललितकला गुरुङ लगायबाट उम्मेदवारी आउने चर्चा छ । यता फलेवास नगरपालिकाको उपप्रमुखमा रेखा गुरुङ, मुना भुसाल, साहरा खातुन र कोपिला पाठक मध्येबाट उम्मेदवारी आउने बताइएको छ ।
साथै पैयू गाउँपालिकाबाट जसमती गुरुङ, मिना बस्याल, तुलसी तिवारी, सिता न्यौपानेको त्यसैगरि महाशिला गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारमा सुर्य कुमारी शर्माको चर्चा रहेको छ भने र बिहादी गाउँपालिकाका लागि सरस्वती कुँवर लगायको चर्चा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए