को होला एमालेबाट महानगरको मेयर ?

kmc_news6207काठमाडौं। स्थानीय निकायको चुनाव हुने नहुने अन्योल कायमै छ । प्रमुख प्रतिपक्षी एमाले चुनावमा होमिइसकेको छ । तर सरकारको मुख्य घटक नेपाली कांग्रेस चुनावमा भाग लिने कुरामै द्विविधाग्रस्त देखिएको छ । एमालेका महानगरपालिका, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका पार्टी कमिटीहरु संभावित उम्मेदवार चयनको लागि भेला र बैठकमा जुटिरहेका छन् ।  यसैक्रममा राजधानी काठमाडौंको मेयरका लागि एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्ने बहस पार्टी कमिटीमा सुरु हुन थालेको छ । २०५४ को निर्वाचनमा एमालेले मेयर जिताएका केशव स्थापितले पाटीको अनुशासन पटक पटक मिचेर घाट घाट चाहारेपछि यसपटक त्यस्ता प्रवृत्तिलाई प्रश्रय दिनु नहुने आवाज एमालेमा उठेको छ । पार्टीले मेयर बनाएका स्थापितको अस्थिर स्वभावले गर्दा एमालेले यो पटक मेयरको उम्मेदवार बनाउँदा धेरै विचार पु¥याएर जिम्मेवार नेताहरुलाई दिनुपर्ने नेताहरु बताउँछन् । एमालेले मेयर पदमा पार्टीको पदाधिकारीबाटै प्रभावशाली नेतालाई उम्मेदवार बनाउनुपर्ने दबाब महानगरका एमाले नेता कार्यकर्ताको छ । एमालेले पदाधिकारीबाटै मेयर पदमा उम्मेदवार बनाउने संभावित अनुहारमा सचिव योगेश भट्टराई हुन् । महानगरपालिकाको मेयर पदमा उनको नाम कार्यकर्ता पंक्तिमा लिन थालिए पनि उनी स्वयंले भने त्यसबारेमा मुख खोलिसकेका छैनन् ।   एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयरका अर्का सशक्त दाबेदार हुन्, आजको साँघुमा समाचार छ । उनको नाम पनि मेयर पदमा कार्यकर्ताले लिने गरेका छन् । मेयर पदमा पार्टी केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्यसमेत संभावित उम्मेदवार हुन् । जीवनराम र विद्यासुन्दर वडाध्यक्ष भइसकेका हुन् । काठमाडौं महानगरपालिकाको उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सुजिता शाक्यको नाम पनि लिन थालिएको छ । उपमेयरमा विद्या न्यौपाने, रन्जना मास्केलगायतका महिला नेतृृहरु पनि चर्चामा छन् । नेपाली कांग्रेसले काठमाडौंको मेयर र उपमेयरबारे पार्टीमा कुनै किसिमको छलफल अगाडि नबढेको बताएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए