यी अनुहार हुन पर्वतमा नगरपालिका र गाउँपालिकाको नेतृत्वमा एमालेबाट आकाँँक्षीहरु

cpn-uml
पर्वत/आगामी बैषाख ३१ गते स्थानिय तहको निर्वाचन हुने कुरा अझै सम्म निश्चित छैैनं
। तर पर्वतमा भने नगरपालिका र गाउँपालिकामा नेतृत्वका लागि नेकपा(एमाले)बाट धेरै जनाले आकाँक्षा देखाएका छन ।
प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट कुस्मा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा धेरैले आकाँक्षा देखाएका छन । दुई दशक सम्म स्थानिय निर्वाचन नभएकाले पनि नेतृत्वका लागि धेरै जना आकाँक्षी देखिएका छन भने पहिले देखि नै चर्चामा रहेका नेताहरुबाटै उमेदवार बनाएर जानुपर्ने धारणा पनि एमालेका नेता र कार्यकर्ताहरुले ब्यक्त गर्न थालेका छन । खासगरी नेपाली कांग्रेस संग तिब्र प्रतिष्पर्धा हुने भएकाले एमालेले कुस्मामा ‘हेबिवेट’ उमेदवार चयन गर्नुपर्ने धारणा पनि आउन थालेको छ ।
अहिले सम्म कसैले औपचारिक रुपमा उम्मेदवार घोषणा नगरेको भएपनि केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश पौडेल, जिल्ला अध्यक्ष पदम गिरी, जेष्ठ कम्युनिष्ट मञ्चका पुर्व केन्द्रिय सदस्य तोयनाथ चालिसे, प्रदेश कमिटीका सदस्य मनोहर बि पौडेल, केन्द्रिय स्थानिय निकाय बिभागका सदस्य मेघनाथ सुबेदी, जिल्ला उपसचिब गोबिन्द पहाडी, पुर्ब क्षेत्रिय अध्यक्ष शान्त पौडेल, पर्वत उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष मिनप्रसाद श्रेष्ठ, अनेमसंघकी जिल्ला अध्यक्ष कमला पन्त लगायतका नेताहरुको मेयर र उपमेयरमा चर्चा चलेको छ । केन्द्रिय र जिल्लाको शीर्ष नेतृत्वबाट उमेदवार नबन्दा पहिले देखि नै कुस्माको मेयरको रुपमा चर्चामा आएका मेघनाथ सुबेदी र गोबिन्द पहाडी मध्ये एक जनालाई अगाडी बढाउने संभावना रहेको छ ।
यसैगरी भर्खर नगरपालिका घोषणा भएको फलेबासमा पनि प्रमुख र उपप्रमुखमा दर्जन बढी नेताहरुको चर्चा चलेको छ । फलेबासमा एमालेको तर्फबाट पर्वतको भूगोलमा मात्रै होइन सम्पर्क कमिटी र प्रवासमा पार्टी काम गरेका नेताहरु समेत आकाँक्षी देखिएका छन । फलेबास नगरपालिकामा पनि हेबिवेट उम्मेदवार उठाउँदा निर्वाचन जित्न सहज हुने धारणा पनि सुनिने गरेको छ । एमालेले प्रदेश कमिटीका सदस्य मोतीप्रसाद पौडेल, जिल्ला सचिब पदमपाणी शर्मा, पुर्ब अञ्चल सदस्य देबेन्द्रराज पाण्डेय,एमाले धौलागिरी अञ्चल सम्पर्क कमिटिका सहसचिब पुर्ण गौतम,पर्वत बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापति रामेश्वर गौतम,  जिल्ला सदस्य कृष्ण लम्साल,बुद्धिजिबी परिषदका जिल्ला अध्यक्ष बिष्णु रिजाल लगायतको चर्चा छ । एमाले धौलागिरी अञ्चल सम्पर्क कमिटिका सहसचिब पुर्ण गौतम पनि कमिटीबाट राजिनामा गरेर प्रमुखको आकाँक्षी बन्दै पर्वत आएका छन । पर्वत बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापति तथा रसियामा बसेर पार्टीको प्रवास कमिटीमा काम गरेका रामेश्वर गौतम पनि मेयरको आकाँक्षी बनेर दुई महिना पहिले देखि नै पर्वत आएका छन । फलेबासमा महिला उम्मेदवारहरुको पनि बढी नै चर्चा हुने गरेको छ । जिल्ला सचिबालय सदस्य मञ्जु अधिकारी, जिल्ला सदस्यहरु सुरक्षा लामिछाने, केशा परियार, धनकुमारी सुबेदी, शारदा शर्माको पनि चर्चा छ । महिला उम्मेदवारलाई उपमेयरको रुपमा अघि बढाउने संभावना छ । यहाँ पनि शीर्ष नेताहरु अघि नबढेको अवस्थामा अन्य नेताबाट उमेदवार छानिनेछ ।
यसैगरी एमालेको राम्रो राजनैतिक आधार रहेको मोदी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा धेरै जनाको नाम चर्चामा आएको छ । अहिले सम्म प्रदेश कमिटी सदस्य हिरादेबी शर्मा, जिल्ला उपाध्यक्ष भक्त कुवँर, प्रदेश लेखा आयोगका संयोजक प्रेमकुमार लामिछाने, क्ष्पुर्ब क्षेत्रिय अध्यक्ष प्रेम पौडेल, जिल्ला सदस्यहरु दाताराम चापागाई, लोकेन्द्रजंग लामिछाने, कमल गुरुङ्ग, बिमल लामिछाने, सेती महत, रत्न लम्साल, अनेमसंघकी नेतृ दुर्गा पौडेल मध्ये एक जना मेयर र उपमेयरका उम्मेदवार बन्नेछन । शीर्ष नेतृत्व नै चुनाबमा जाने अवस्थामा भक्त कुवँर, प्रेम लामिछाने, प्रेम पौडेलको संभावना बढी रहेको बताइन्छ ।
यस्तै जलजला गाउँपालिकामा पनि प्रमुखका लागि एमालेका जिल्ला नेता देखि स्थानिय नेताहरुको चर्चा चल्न थालेको छ । प्रदेश कमिटीका सदस्य यज्ञ सुबेदी, पुर्ब जिल्ला उपसचिब तथा जिबिस सदस्य उदय सुबेदी, जिल्ला प्रचारबिभाग प्रमुख लालबहादुर गुरुङ्गको अध्यक्ष पदमा चर्चा रहेको छ । यस बाहेक महिला नेतृहरु हरिमाया सुबेदी, नेत्रकला सुबेदी, संगिता सुबेदी लगायतको पनि उपाध्यक्षमा चर्चा रहेको छ ।
एमालेको सबैभन्दा बलियो संभावना भएको महासिला गाउँपालिकामा पुर्ब जिल्ला उपाध्यक्ष राजु पौडेल, क्षेत्रिय अध्यक्ष भक्तराज सुबेदी, जिल्ला सदस्यहरु इश्वरी भुसाल, जीवन उचै ठकुरी, बिष्णुराम बिक, प्रदेश सामाजिक बिभागका सदस्य पुष्प पौडेल, एकबहादुर हमाल, बिक्रम मल्ल, लगायतका नेताहरु मध्येबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवार बन्नेछन । यहाँ महिला नेतृको रुपमा क्षेत्रिय कमिटी सदस्य मनमाया गुरुङ्ग, पबित्रा केसी लगायतको चर्चा छ । राजु पौडेल, इश्वरी भुसाल, जीवन उचैं, बिष्णुराम बिक मध्येबाट एकजनालाई अघि बढाउन सक्ने अनुमान छ ।
पैञ्यु गाउँपालिकामा एमालेको तर्फबाट पुर्ब क्षेत्रिय अध्यक्ष मित्रलाल बस्याल, प्रवाशी नेपाली मञ्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, उमाकान्त सुबेदी, रेशमलाल न्यौपाने, जीवलाल बस्याल, गोमतादेबी शर्मा, साबित्रा तिवारी लगायतका नेताहरु मध्येबाट अध्यक्ष र उपाध्यक्ष छानिनेछन । मित्रलाल बस्याल, महेन्द्र श्रेष्ठ र रेशमलाल न्यौपाने मध्ये एक जनाको संभावना बढी छ ।
बिहादी गाउँपालिकामा एमालेबाट पुर्ब जिबिस सदस्य तथा जिल्ला कमिटी सदस्य कमल भुसाल , युबा संघका नेता सुन्दर भुसाल, क्षेत्रिय कमिटीका पुर्ब सचिब रामप्रसाद पराजुली लगायतको चर्चा छ । हेभिवेट उमेदवारको रुपमा बिकास गौचनलाई उम्मेदवार बनाउनुपर्ने चर्चा पनि चलिरहेको छ । यद्यपी एमालेले अहिले सम्म जनपरिचालन, कमिटी गठन पूर्नगठन लगायतका गतिबिधीलाई नै प्राथमिकता राखेको छ । चार महिना सम्म चलेको जनपरिचालन अभियानको समापन पार्टीका उपाध्यक्ष तथा पुर्ब उपप्रधान एबम गृहमन्त्री बामदेब गौतमको उपस्थितिमा भब्य रुपमा गर्ने तयारी गरिरहेको छ । चैत्र ११ मा कुस्मामा हुने सो अभियानपछि बल्ल उम्मेदवार छनौटका लागि छलफल हुने संभावना रहेको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार