महिला उद्यमीलाई सम्मान गर्दै रोट्रयाक्ट सप्ताह सुरु

Rotarct
विशन क्षेत्री,पर्वत, ३० फाल्गुण ।दुई महिला उद्यमीलाई सम्मान गर्दै रोट्रयाक्ट सप्ताह २०१७ सुरु भएको छ । मार्च १३ लाई हरेक वर्ष रोट्रयाक्ट दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउने क्रममा रोट्रयाक्ट क्लव अफ पर्वतले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको उद्धाटनमा उदाहरणीय कार्य गर्ने दुई उद्यमी महिलालाई सम्मान गरिएको हो । सिलाईकटाई व्यवसाय गर्ने विष्णुकुमारी क्षेत्री सुवेदी र गिताकुमारी शर्मा सम्मानित भएका हुन् । सम्मानित भएका सुवेदी सिलाईकटाई प्रशिक्षक हुन् । उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै शर्मा विपन्न महिला हुन् । सिप भएर पनि सिलाईकटाई मेसिन खरिद गर्ने आर्थिक क्षमता नभएपछि उनलाई एकथान मेसिन हस्तान्तरण गरिएको हो । यसले शर्माको व्यवसायलाई सहयोग गर्ने अपेक्षा रहेको क्लवका अध्यक्ष आरसी पौडेलले जानकारी दिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुषालले क्लवले सामाजिक क्षेत्रमा गरेका उदाहरणीय कार्यको प्रशंसा गर्दै सप्ताह सफलताको शुभकामना व्यक्त गरे ।17309344_1149752768484319_2236104121434394506_n

मबार उद्धाटनसँगै सप्ताहअन्तर्गत प्रत्येक दिन फरकफरक किसिमका कार्यक्रम हुने जनाईएको छ । चैत्र १ गते आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कुश्मा नगरपालिका चुवास्थित लालेश्वर गुफामा मूर्ति स्थापना, तेश्रो दिन ठुलीपोखरीको एक विद्यालयमा अपाङ्गलाई ह्विलचियर तथा स्टेशनरी सामाग्री वितरण, चौथो दिन भने आयोजक क्लव र पर्वत संगीत तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने कार्यक्रमका मूल संयोजक मिलन पौडेलले जानकारी दिए ।
पाँचौ दिन ४ गते दुर्लुङ्ककोटको सूर्यप्रकाश माविमा विद्यालयका लागि आवश्यक भौतिक सामाग्री हस्तान्तरण, युवाहरुलाई व्यक्तित्व विकास तालिम र अन्तिम दिन ६ गते जिल्ला प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक सचेतना बोर्ड स्थापना तथा बजारक्षेत्रमा सरसफाईका बोर्ड स्थापना रहेको छ । र सोही दिन सप्ताहको समापन हुने उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव गणेश गिरी र क्लवका पूर्वाध्यक्ष विनोद आचार्यले शुभकामना मन्तव्य राखेका थिए । पहिलो दिनका कार्यक्रम संयोजक गणेश पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव गणेश पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए