मनहरीले यसकारण छाडे बालुवाटार , प्रकाश दाहालको आतंकपछि भागाभाग

Prakash-Dahal-Mao-499x500काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनलाई नजिकबाट सघाउँदै आइरहेका माओवादी कार्यकर्ता तथा सचिवालयका सदस्यहरू आक्रोसित भएर साथ छाड्दै हिँड्न थालेका छन् ।

बालुवाटारमा प्रचण्डका छोरा–बुहारी तथा केही सल्लाहकारहरूको बढ्दो आत्याचारमा प्रचण्डले चासो नदिएपछि सचिवालयमा रहेर प्रचण्डलाई सघाउँदै आइरहेकाहरू केही सहयोगीहरू कार्यालय आउन छाडेका छन् भने केहीले धमाधम जिम्मेवारी त्याग्न थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीका सचिवालयका सदस्य तथा सल्लाहकार बालुवाटार जान छाडेको खबर प्रकाशमा आइरहेका बेला उपसचिवको नियुक्ति लिएर प्रचण्ड प्रधानमन्त्री भएदेखि नै सघाउँदै आइरहेका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बालुवाटाराई बाईबाई गरेका छन् ।

तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डका गतिविधिबारेका समाचारमा को–अर्डिनेसन गर्नुका साथै सीएम प्रचण्डका लागि सामग्री तयार पार्दै आइरहेका थिए । प्रचण्डको भेटाघटलगायतका काममा पनि उनले सहयोग गर्ने गरेका थिए ।

स्रोतका अनुसार तिमिल्सिना प्रधानमन्त्रीको भेटघाटलगायत काममा प्रचण्ड पुत्र प्रकाशले गर्ने गरेको मनपरीबाट लामो समयदेखि आजित हुँदै आइरहेका थिए ।

त्यसैले उनले लामो समयदेखि प्रकाश र केही सल्लाहकारका गतविधिप्रति आफूनिकटका सँग अनुसन्तुष्टि व्यक्त गर्ने गरेका थिए ।

तर, उनको असन्तुष्टि सम्बोधन गर्नुको साटो प्रचण्ड पत्रु प्रकाशले थप सताउन थालेपछि उनले जिम्मेवारी नै त्याग्ने निर्णय विकल्प रोजेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए