देवर भाउजुका बिचको अनैतिक सम्बन्ध- भाउजुले गरिन देवरको हत्या

Dewar-hatya-baglungबागलुङ,/ बागलुङको पैँयुपाटा गाविसमा भाउजुले देवरको हत्या गरेको खुलासा भएको छ । यहि फागुन २७ गते बागलुङ पैँयुपाटा गाविस बस्ने २५ बर्षका बिनोद हरिजनले आफै आत्महत्या गरेको नभई हत्या गरिएको तथ्य सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । हरिजनले आफै आत्महत्या गरेको भन्ने खबर पाएपछि प्रहरी निरिक्षक खड्क नारायण शाहको टोलीले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा विभिन्न खालका कारणहरु देखिएको छ । केहि समयदेखि हरिजन र उनकी नाताले भाउजु पर्ने रिता नेपालीको अनैतिक सम्बन्ध रहेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ ।

आफ्ना बाबु आमासंग भारतमै बसोबास गर्ने हरिजन समय समयमा आफ्ना ठुलो आमा बुवाको घरमा आउने जाने गरेका थिए । यसै क्रममा उनको भाउजु पर्ने रिता नेपालीसंग बारम्बार यौन सम्बन्ध राख्ने गरेको बताइएको छ । उक्त घटनाका दिन रिता र बिनोदबीच एक आपसमा झगडा हुँदा हरिजनले नेपालीलाई कुटपिट गरेकाले सोही गाउँकै टेकबहादुर थापालाई बोलाएर दुई जनाले हत्या गरेको दुवैले स्वीकार गरेका छन् । नेपालीका श्रीमान मलेसियामा रोजगारका लागि गएका छन् भने नेपालीको सोही गाउँकै टेकबहादुर थापासंग पनि अनैतिक सम्बन्ध रहेको भन्ने पत्ता लागेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक चन्द्र कुवे खापुङले विभिन्न अनुसन्धान पछि महिलालाई नियन्त्रणमा लिएर बारम्बार सोधपुछ गर्दा सहयोगी सहितको हत्यारा पत्ता लागेको बताउनुभयो । प्रहरी कार्यालयले रिता र टेकबहादुर थापालाई म्याद थप गरी अन्य अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए