चीन पछि भारतले पनि दियो काठमाण्डौ सम्म रेल पुर्याउने आश्वासन

एसएसबीको ज्यादती भए फोन गर्नुस् : राजनाथ

indian train

काठमाडौं/ चीनले सन् २०२० सम्ममा नेपालको सीमासम्म रेल्वे लाइन विस्तार गर्ने तयारी गरिरहेको समयमा भारतले पनि काठमाडौंसम्म रेल्वेलाइन विस्तारको आश्वासन पुनः दोहोर्‍याएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रतिनिधिसँग हालै भएको भेटवार्तामा भारतीय अधिकारीहरूले काठमाडौंसम्म रेल्वेलाइन विस्तारको आश्वासन दोहो–याएका हुन् ।

गत मंगलवार भारतको राजधानी दिल्लीमा भएको भेटवार्तामा भारतीय विदेशसचिव एस। जयशंकरले भारत सरकारको नीति तथा कार्यक्रम र बजेटमा नेपालमा रेल्वे लाइन विस्तारसम्बन्धी योजना रहेको भन्दै छिट्टै काम शुरु गरिने बताएका हुन् । भारतीय रेल कपिलवस्तु हुँदै काठमाडौं पुर्‍याउने योजनालाई महत्त्वका साथ अगाडि बढाउन चाहेको बताएका भेटमा सहभागी एमाले सांसद चुडामणि विश्वकर्माले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पनि काठमाडौंसम्म रेल्वे लाइन विस्तार गर्नेबारे चर्चा भएको थियो । जोगबनी–विराटनगर, जयनगर बर्दीबास र वीरगञ्जसम्म रेल्वे विस्तारको कामलाई भारत सरकारले महत्त्व दिएको उनीहरूले बताएका थिए ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि काठमाडौंसम्म रेल पुर्‍याउनेबारे सोचिराखेको बताएका थिए । ‘हामी तराईका तीन ठाउँमा रेल्वे लाइन विस्तारलाई छिट्टो सम्पन्न गर्न चाहन्छौं, त्यसका लागि मुआब्जा लगायतको काम नेपाल सरकारले पूरा गरोस्,’ जयशंकरको भनाई उद्धृत गर्दै विश्वकर्माले भने ।

भारतको राजनीतिक नेतृत्वबाट काठमाडौंसम्म रेल्वे लाइन विस्तारको योजना सुनेपछि संसदीय समितिले भारतीय रेल्वे विभागका महानिर्देशक अशोक मेहतासँग भेट गरेका थिए । मेहताले भने तराईका तीन स्थानमा रेल्वे विस्तारको योजना रहेपनि काठमाडौंसम्म रेल्वे लाइव विस्तारबारे अनभिज्ञता प्रकट गरेका थिए । ‘हाम्रो प्राथमिकता सम्झौता भइसकेका आयोजनाको काम अगाडि बढाउने हो । नेपाल सरकारले सुरक्षा दिएमा दु्रत गतिमा काम गर्छौं’ मेहताले संसदीय समितिसमक्ष भनेका थिए, ‘दुई देशका सरकारबीच सहमति भएको काम हामीले गर्ने हो ।’

भारतले विराटनगर र जनकपुर हुँदै बर्दीवाससम्म दुई वर्षमा रेल ल्याउने गरी काम भइरहेको नेपालकोे रेल विभाग बताउँछ । भारतले जोगबनी–विराटनगर ९१३ किलोमिटर० र जयनगर–जनकपुर–बर्दीवास ९७० किलोमिटर० रेल बनाउन काम सुस्त गतिमा भइरहेको छ ।

भारतले दोस्रो चरणमा काँकडभिट्टा, भैरहवा र नेपालगञ्ज नाकामा पनि रेल सेवा विस्तार गर्ने योजना बनाएको छ ।
एसएसबीको ज्यादती भए फोन गर्नुस् 

rajnathसंसदीय समितिले सीमा क्षेत्रमा सीमा सुरक्षा बल एसएसबीले ज्यादती गरेको भन्दै भारतीय गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘एसएसबीवाट कुनै ज्यादती भयो भने तत्कालै खबर गर्नुहोला, जुन ठाउँमा हुन्छ, त्यहीँ कारवाही गर्छु,’ भारतीय गृहमन्त्रीको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने ।

कञ्चनपुरमा गोविन्द गौतमको हत्या हुनुभन्दा दुई दिनअघि भारतीय गृहमन्त्रीले त्यस्तो भनेका थिए । कञ्चनपुर घटना भएपछि संसदीय समितिले राजनाथसँग नेपाली टोलीलाई भेटाउन समन्वयकारी भूमिका खेलेका युपीका पूर्वमुख्यमन्त्री गजदम्बिीका पालमार्फत गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

संसदीय समितिले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतका तर्फबाट एकतर्फी ढंगले बाँध बनाउने काम भएको भन्दै ध्यानाकर्षण गराएका थिए । भारतीय गृहमन्त्री र विदेश सचिवसँग समितिले सीमा विवाद टुङ्ग्याउन प्रस्ताव गरेको थियो ।

समितिका सदस्यहरूले लिपुलेकको विषयमा समेत कुरा उठाएका थिए । यस विषयमा भने भारतीय अधिकारीहरू बोलेनन् । ‘लिपुलेकको विषयमा चीनसँग समझदारी गरेर मात्र पुग्दैन, नेपाल सार्वभौमसत्तासम्पन्न हो भने, त्रिपक्षीय सम्झौता हुनुपर्छ,’ समितिका सदस्यहरूले भनेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए