भारतीयबाट मारिएका गौतमको परिवार बिचल्लीमा (भिडीयो सहित )

sahid-borderकञ्चनपुर / भारतीय सीमा सुरक्षा बलबाट हत्या गरिएका कञ्चनपुरका गोविन्द गौतमका बुवा–आमाले छोराको हत्यापछि नाति नातिनीको बिचल्ली हुने भन्दै गुनासो गरेका छन् ।

गौतमका आमाले भनिन्, ‘सुकुम्बासी बस्तीमा घरको थापना मात्र छ, देशको लागि लडदा लडदै शहीद भयो, नाती नातिनाको बिचल्ली हुने भयो ।’

गौतमका बुवाले आफूहरु सुकुम्बासी भएको र आज खाए भोलिका लागि के खाउ भन्ने अबस्था रहेको बताए ।

‘हाम्रो जमिन छैन, छोरो शहीद भयो, छोराछोरी कसरी पाल्ने ? दम्पत्ति पाल्ने ?’ गौतमकी शोकाकुल श्रीमतीले भनिन्, ‘घरको जगमात्र राखेर जानु भएको छ, अब त्यो घर कसरी बनाउने ? बच्चा कसरी पाल्ने ?’

कञ्चनपुरमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको थियो । गोली लागेर कञ्चनपुर पुनर्वासका गौतमको निधन भएको थियो ।

उनको आज अन्तयेष्टि हुँदैछ । सरकारले शहीद घोषणा गरेसँगै उनको परिवारलाई १० लाख दिने घोषणा गरेको छ । त्यस्तै उनको अन्त्येष्टिमा ११ तोपको सलामी दिइने जनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए