पर्वतमा नगरपालिका र गाउँपालिकाका केन्द्र कहाँ परे , को को हुँदैछन प्रमुख

parbat-punarsamrachana-mapपर्वत/ पर्वतमा अब दुई वटा नगरपालिका र पाँचवटा गाउँपालिका कायम भएका छन भने सबै गाबिस र नगरपालिका र जिल्ला बिकास समिति खारेज भएका छन । पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका कायम भएका छन भने जलजला गाउँपालिका, मोदीगाउँपालिका, महासिला गाउँपालिका, पैञ्युँ गाउँपालिका र बिहादी गाउँपालिका कायम गरिएको छ । अब चाँसो यी गाउँपालिका र नगरपालिको प्रमुख को हुँदै छ अनि को हुँदैछन नयाँ प्रमुख भने चाँसे उठेको हुन सक्छ । जिल्ला बिकास समितिले नयाँ प्रमुखको रुपमा भोली देखि नै कर्मचारी खटाउँदैछ । अहिले कार्यरत गाबिस सचिबहरु मध्ये सबैभन्दा सिनियरलाई खटाउने योजना रहेको स्थानिय बिकास अधिकारी बिष्णु भुसालले जानकारी दिए । ‘सोमबार देखि नै नयाँ प्रमुखलाई जिम्मेवारी दिएर काम शुरु गर्छौ’ उनले भने । अहिले गाबिसबाट भैरहेको काम भने वडा कार्यालय मार्फत वडा सचिबले नै गर्नेछन । वडा सचिब पनि गाबिस सचिबलाई जिम्मा दिने तयारी भएको छ ।
जिबिस स्रोतले दिएको जानकारी अनुसार कुस्मा नगरपालिकाको कार्यालय साबिकै कुस्मा नगरपालिकामा कायम हुने भएको छ भने त्यसको प्रमुख अहिलेकै कार्यकारी अधिकृत कुमानसिंह गुरुङ्ग हुनेछन । नयाँ बनेको फलेबास नगरपालिकामा भने केन्द्र खानीगाउँ गाबिसको कार्यालय कायम हुने भएको छ । फलेबासमा अहिले अधिकृतस्तरको कर्मचारी नभएका गाबिस सचिब मध्ये सिनियर कार्किनेटा गाबिसका सचिब चिन्तामणी शर्मा गौतमलाई खटाउने तयारी भएको छ । यसैगरी उत्तरको जलजला गाउँ पालिकाको केन्द्र मिलनचोक हुन्छ भन्ने थियो तर आयोगले माझफाँट गाबिसको कार्यालय कायम भएको छ । गो गाउँपालिकाको प्रमुखमा बाँसखर्कमा कार्यरत भिमप्रसाद अर्यालय प्रमुखको रुपमा खटिने भएका छन ।
यस्तै मोदीगाउँपालिकाको केन्द्र सबैले डिमुवा हुने अनुमान गरेका थिए । तर अहिले देउपुर गाबिसको कार्यालयलाई नै केन्द्र तोकिएको छ । मोदीगाउँपालिकामा प्रमुखको रुपमा राम्जादेउराली गाबिसमा कार्यरत सचिब भुमिराज शर्मा खटिने भएका छन । महासिला गाउँपालिकाको केन्द्र पनि लुंखुमा कायम हुने अनुमान बिपरित बालाकोट गाबिस कार्यालय कायम गरिएको छ । महासिलामा कुर्घामा कार्यरत सचिब जयबहादुर श्रेष्ठ प्रमुखको रुपमा खटिने भएका छन । पैञ्यु गाउँपालिकाको केन्द हुवास गाबिसको कार्यालय कायम भएको छ भने प्रमुखको रुपमा भोर्ले गाबिसमा कार्यरत सचिब कुलप्रसाद लामिछाने खटिने भएका छन । यस्तै बिहादी गाउँपालिकाको केन्द्र रानीपानी कायम हुने अनुमान थियो तर वहाकी गाबिसको कार्यालयलाई केन्द्र कायम गरिएको छ । बिहादी गाउँपालिकामा बर्राचौर गाबिसमा कार्यरत गाबिस सचिब कृष्णप्रसाद पौडेल प्रमुखको रुपमा खटिने भएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’