सेनाले भन्यो हाम्रा आठ जना सैनिक माओबादीले बेपत्ता पारे, खोजि गरिदेउ

nepal-army-1काठमाण्डौ /सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको पाइएको छ ।

आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरुमा मुसेपानी ७ डडेल्धुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङजाका पदमप्रसाद तिवारी लगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो ।

यसैगरि खैराघाती महेन्द्रनगर कञ्चनपुरका जंगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे ६ सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामी, रोदीदेवल ६ बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका १ उदयपुरका लीला श्रेष्ठलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रुपमा माग गरिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग