केपी ओलीले भने –म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर

Mechi-Mahakali-Abhyan-Chitwan-7 (1)चितवन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाएरै छाड्ने उद्घोष गरेका छन् ।

पार्टीले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नारायणी नदी किनारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मर्नुपरे मरौला, तर देश बनाएर छाड्ने बताए ।

‘यो देश एमालेले नै बनाउँछ, विकास पनि एमालेले नै गर्छ,’ हजारौंको संख्यामा उपस्थिती रहेको सभालाई सम्बोधन गर्दै उनले भने- ‘मर्नुपरे मरौला तर हाम्रौ पालामा देश बनाउँछौं ।’

‘हामीहरुले विभिन्न असुविधा भोग्यौं,’ अध्यक्ष ओलीले अगाडि भने– ‘तर हामी देश सुविधा सम्पन्न बनाएर सन्ततीलाई सुम्पिन चाहन्छौं । हामी इतिहासको सम्मान गर्छाै, भविष्य बनाउन अघि बढ्छौं ।’

विकास नै एमालेको प्रमुख एजेण्डा रहेको भन्दै उनले एमालेले नै पूर्वपश्चिम छुकछुके रेल चलाउने घोषणा गरे । ‘एमालेले पूर्वपश्चिम रेलमार्ग बनाउँछ । छुकछुके रेलपनि चलाउँछ । मध्यपहाडी लोकमार्ग बनाउँछ । विकास बाहेक अरु केही सोच्दैन्,’ उनले भने ।

अन्य पार्टीहरुले जनतालाई अल्मल्याएर राखेको, झुटा आश्वासन दिएर भ्रममा राखेको भन्दै ओलीले एमालेमा आउन आह्वान गरे । ‘एमालेको अभियानले अन्य पार्टीका कार्यकर्ता खुसी छन् तर नेता तर्सिएका छन्,’ उनले भने– ‘अरु पार्टीले अल्मलाएर राख्याछन्, एमालेमा आउनुस्, यो तपाईहरुको पार्टी हो ।’उनले एमालेलाई अन्य दलले गाली गर्दैमा र एमालेलाई समाप्त गर्न सकिन्छ भनेर भ्रम नपर्न आग्रह गरे । उनले भने ‘ म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर’

नारायणी नदी किनारमा आयोजित जनसभामा करिब ५० हजारको सहभागिता रहेको जिल्ला इन्चार्ज कृष्ण खनालले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना