केपी र मधेशीलाई जोडेर युटुबमा आयो यस्तो भिडीयो

oli-and-madhesकाठमाडौं /सत्तामा रहे पनि नरहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जातिवादी अभियानका अभियन्ताहरुले लगाउँदै आएको आरोप हो– ओली मधेस विरोधी हुन् । अझ संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेलेपछि ओलीमाथि अझ रुपमा चर्काे आरोप लगाइयो ।
संविधान रोक्न विशेष दूत नै पाठाएको छिमेकी भारत संविधान जारी गर्न ओली नै निर्णायक रहेपछि ओलीको विरुद्ध खनिनु स्वभाविक थियो । त्यसको बदला ओलीसँग लिन नै उसले आफ्नो इसारामा चल्ने शक्ति, ब्यक्ति र तप्कालाई परिचालन गर्यो ओलीलाई मधेस विरोधी भनी प्रचार गर्न ।
तर, मधेस विरोधी भनिएका उनै ओलीले सरकारको नेतृत्व गरेपछि मधेसमा यसअघिका रेकर्ड ब्रेक गर्दै नयाँ नयाँ कार्यक्रम ल्याए । मधेसको विकासलाई केन्द्रित गरेर बजेट ल्याए । ओलीलाई मधेस विरोधी भन्ने प्रचारको सतहमा मधेसी समुदायलाई पेश गर्ने गरिन्छ । तर, नेपालको आत्मनिर्भरताका लागि ओलीले नयाँ कदम चालेका र नेपालमाथि भारतको हेपाह प्रबृत्ति पराजित गरेकाले भारतको गलत उद्धेश्यमा चोट पुग्यो । त्यसको बदला ओलीसँग लिन भारतले निकै ठूलो अभियान चलायो । नेपाली राजनीतिमा भारतीय आदेशपालकका रुपमा चिनिने र अनेक क्षेत्रका त्यस्ता पात्र फगत ओली बिरुद्ध खनिनुले पनि यस्तो प्रचार कसको उद्धेश्य पूरा गर्न भएको हो भन्ने प्रष्ट ।
मधेसी मोर्चादेखि बाबुराम भट्टराई, भारतीय गठबन्धनमा पुगेपछिका माओवादी र कांग्रेस नेता होउन् वा भारतले चलाएको जातिवादी वितण्डाका समर्थक लेखक । सबैले ओलीलाई एकोहोरो रुपमा लगाउने आरोप यही हो ।
तर पछिल्लो पटक ओली र मधेसको सम्बन्धमा केन्द्रित रहेर युट्यूबमा भिडियो समावेश गरिएको छ । जसमा ओली वा एमालेले मधेसका नाममा के के गर्यो भन्ने उल्लेख छ ।

भिडियो हेर्नुहोस्:

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए