पर्वतको फलेवासमा चट्याङ लागेर १० जना घाईते,

chattyan lageraपर्वत /चट्याङ लागेर पर्वतको फलेवास खानिगाउँमा १० जना घाईते भएका छन् ।
शुक्रबार ५ बजे खानिगाउँ गाविसमा अबिरल बर्षा सगै परेको चट्याङले वडा नं.३,४,५ र ६ का १० जान घाईते भएका हुन् । घाईते हुनेहरुमा खानिगाउँ गाबिस वडा न ६ का ३० बर्षीय मोती सापकोटा, १५ बर्षीय सिर्जना बोहोरा,वडा नं. ४ की १६ बर्षीया अमृता पौडेल,वडा नं.३ की २६ बर्षीया रिता चपाई, वडा नं.५ का २६ बर्षीय अमृता नेपाली, ८ बर्षीय अईन्ता श्रेष्ठ, ६ बर्षीय आकृति श्रेष्ठ ४ बर्षीय दुर्गा श्रेष्ठ,८ बर्षीया आईसा नेपाली, साडे ए बर्षीय बालक समेत रहेका छन् । घाईतको फलेवास धुलिखेल अस्पताल खानिगाउँ मा उपचार भईरहेको छ ।
घाईतेको खुट्टा,ढाड तथा शरिरको बिभिन्न भागमा चट्याङले पोलेको छ अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार केहीको अवस्था जटिल रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना