एमालेले आज देखि हेटौँडाबाट मेची महाकाली अभियान शुरु गर्दै

Uml-mechi-mahakali-abhyan-8हेटौँडा /सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि पुनः शुरु हुँदैछ ।

मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयको प्राङ्गणबाट अभियान शुरु हुन लागेको एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनले भने, ‘झापाबाट शुरु भएको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि हामीले हेटौँडाबाट शुरु गर्दैछौँ ।’

सप्तरी जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताको अवरोध र त्यसपछि उत्पन्न परिवेशका कारण प्रहरी र मधेसी मोर्चाका समर्थकबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि एमालेको अभियान स्थगित भएको थियो ।

एमालेले दुई नम्बर प्रदेशको जिल्लाहरूमा अभियान पछि गर्ने गरेर बाँकी जिल्लाहरूमा आजदेखि मेची महाकाली राष्ट्रिय अभियान शुरु गर्न लागेको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए